☰ open Loading... 19 April 2024|  

‘एक वर्षभित्र बालविवाहमुक्त नगरपालिका बनाउछौँ’
  | ५ माघ २०७४, शुक्रबार १२:४४

निर्वाचित भएयता के–के काम गर्नु भयो ?
निर्वाचित भइसकेपछि हामीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा विभिन्न कामहरु अघि बढाएका छौँ । विकास निर्माणलाई पहिलो प्राथमिकताका साथ अघि बढाएका छौँ । साथै राम्रो काम गर्न असल सशासनको आवश्यकता पर्ने भएकाले गुरुयोजना निर्माणको विषयलाई अघि बढाएका छौँ । त्यसको अलवा हामी जनप्रतिनिधिहरु निर्वाचित भईसकेपछि नगरभित्र बाटो नपुगेका वडाहरुमा हाल उपभोक्ता समिति गठन गरि बाटो पु¥याउने काम गरिहका छौँ । साघुँरा बाटोहरुलाई चौडा पार्ने कामहरु गरेका छौं । नितिगत रुपमा सवै वडाहरुमा नयाँ देखीने खालका विकास योजनाहरु बनाएका छौं ।

नगरपालिकमा छिटो विद्युत सेवा पु¥याउनका लागि विजेट विनियोजित गरी नगरपालिकामा विद्युत कामलाई अघि बढाएका छौँ । त्यसको अलाव नागरिकको स्वास्थ्य उपचारमा सहज बनाउन एम्बुलेन्स खरिदको प्रक्रियालाई अघि बढाएका छौँ । अबको केही दिन भित्र नगरवासीले नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्न पाउने म विश्वास दिलाउन चाहान्छु । काम गर्नेक्रममा थुप्रै सुझावहरु आएका छन् । महत्व हेरेर काम गर्नेछौं । मुख्यत हामीले गुरुयोजनालाई नै मुख्य आधार बनाएर अघि बढेका छौँ ।

नगरपालिकामा कस्ता खालका समस्याहरु छन र तिनको समधान गर्ने योजना के छ ?
झण्डै २० वर्षको अन्तरालमा स्थानीय तहको निर्वाचन भयो । नगरपालिकाका विभिन्न समस्याहरु छन । चामुण्डाविन्द्रासैनीमा महिला हिंसा र बालविवाह नै सबैभन्दा बढी चुनौतिको रुपमा देखिएको छ । यसैगरी बालहिंसा,बहु–विवाह, बालविवाह गर्ने प्रथामा पनि कायम नै छ । यतिमात्र नगरपालिका अझैपनि छाडपीडि प्रथाहरु पनि कामय छ । २१ औँ शताब्दीमा महिलाहरु अझैपनि महिनावारी हुदाँ महिलाहरुलाई मन्दिर र घर भित्र जान निषेधित गरिएको छ । यो मुख्य जनचेतताको अभावले गर्दा हो । हामीले यस्ता समस्यालाई समाधान गर्न जनचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु अघि बढाएका छौँ ।

नगरपालिकाभित्र बालविवाह अत्याधिक छ । त्यसलाई न्युनिकरण गर्नमा हामी विभिन्न अभियानहरु संचालन गरेको छौँ । अबको १ वर्षभित्र चामुण्डाविन्द्रासैनीलाई बालविवाह युक्त नगरपालिका बनाउने गरी काम कारवाहीलाई अघि बढाएका छौँ । महिला हिंसाको मुख्य कारणपनि बालविवाह भएकाले न्युनिकरणमा लागि परेको छौँ । १३–१४ वर्षमा विवाह हुन्छ, २० वर्ष भएपछि श्रीमान–श्रीमती बीच सम्बन्धमा चिसोपन आउछ । महिला हिंसाकै मुख्य जडो बालविवाह हो ।

बालविवाह न्युनिकरण गर्नका लागि विभिन्न संघ–संस्थाहरुपनि भित्रिएका छन । यसैगरी नगरस्तरीय र वडा स्तरीय बाल सञ्जालको माध्यमबाट बालविवाह रोकथाम गर्न तर्फ अग्रसर भएका छौँ ।

यसैगरी नगरपालिकाका अर्को समस्या खानेपानी हो । खानेपानीको समस्यालाई समधान गर्नका लागि बजेट विनियोजित गरेको छौँ । अबको केही महिनामा सम्भाव्यता अध्ययन गरी खानेपानीको कामलाई अघि बढाउने छाैं ।

महोत्वकांक्षी योजना मात्रै अघि बढाउनु भएको छ तर सफल बनाउने आधार के हुन् ?
योजना सफल बनाउनका लागि गुरुयोजना नै छोटो, मध्यम र लामो अवद्यीका छन् । प्रभावकारी बजेट विनियोजन गर्ने, हिजोका दिनमा साविकको चामुण्डा, जम्बुकाँध र लयाडीविन्द्रासैनी गाविसमा कृषि क्षेत्रमा केही लाख रकम पनि छुट्टिदैन्थ्यो । आज करोडौको बजेट हामीले यसमा विनियोजन गरेका छौँ । कार्यान्वयन मुख्य पक्ष हो, हामी अवको पाँच वर्षमा जसरी पनि साच्चै हेर्न र अनुभव सिक्ने थलोको रुपमा विकास गर्नमा होमिएकाले सफल बनाउने मुख्य आधार यीनै हुन् ।

न्यायिक समितिको संयोजक हुनुहुन्छ हालसम्म कस्ता खालका समस्या आउने गरेका छन् ?
–अहिले ३ जनाको न्यायिक समिति छ । समितिले पीडितका मुद्दाहरु हेर्ने काम गरेका छौं हालसम्म ४५ ओटा मुद्धाहरुको फैसला गरेका छौँ । फैसला निकै चुनौतीपूर्ण नै हुन्छ । फैसला गर्दा धेरै सोच विचार गरि ध्यान पुराउनुपर्छ । मुद्दाका कामहरु थुप्रै गरेका छन् । झण्डै १ वर्ष अघिका मुद्दाहरु पनि न्यायिक समिति गठनपछि फैसला गरेका छौं । विशेषत महिला हिंसा, सम्बन्ध विच्छेदका मुद्धाहरु बढी आउने गरेको छन् । न्यायिक समितिले नै हेर्नुपर्छ भनेर आउने गरेका छन् ।

सवै अधिकार नदिएकाले कतिपय मुद्दा दर्ता गरेको छु । कति फैसला समेत गरेर मुद्दा किनारा लगाएका छौं । प्रदेश कानुन नबनेकाले न्यायिक समितिको अधिकार ओझेलमा परेको छ । ईजलास कक्ष बनेको छैन् । तत्काल ईजलास जरुरत छ । कानुन अभावले समस्या थपिएको छ । पारदर्शी हुनुपर्छ भनेर नै मुद्दा हेरिरहेका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर जिताउनु भएकोमा नगरवासीहरूलाई धन्यवाद दिन चाहान्छु । जुन वडाबासीले मलाई यति धेरै विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म टुट्न दिनेछैन । जनताको लागि नै काम गर्नेछु । मेरो विचारलाई राख्ने अवसर दिएकोमा तपाईको लोकप्रिय अनलाईन पत्रिका पश्चिम नेपाल डटकमलाई धन्यवाद दिन चाहान्छु ।