☰ open Loading... 15 July 2020|   बुधबार, असार ३१, २०७७

त्रुटी लुकाउँदै मप विश्वविद्यालय ‘एउटै सेमेस्टरको दुई रिजल्ट’

  |

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आफ्नो त्रुटी लुकाउँन एउटै संकायको दुई पटक रिजल्ट प्रकाशित गरेको छ । विश्वविद्यालयको इन्जिनियरिङ्गक सकायका सहायक डिन वीरेन्द खड्काले आफ्नो त्रुटी लुकाउन चाथौँ सेमेस्टार (ब्याक) को रिजल्ट दुई पटक प्रकाशित गरेका हुन् ।


पुस २० गते विश्वविद्यालयले इन्जिनियरिङ्ग सकायको प्रकाशित रिजल्टमा एनक्यु लगाएर निकालेको २ साता नवित्दै इन्जिनियरिङ्ग संकायका सहायक डिन खड्काले माघ २ गते केही विद्यार्थीहरुको एनक्यु हटाएर पास रिजल्ट प्रकाशित गरिएको एक विद्यार्थीले जानकारी दिए । उनले भने, ‘दुवै पटक निकालएको रिजल्टमा सहायक डिन खड्काले नै हस्ताक्षर गरेका छन । इन्जिनियरिङ्ग संकायका सातौँ सेमेस्टरका विद्यार्थीहरुले विरोध गरेपछि आफ्नो त्रुटी लुकाउँन विश्वविद्यालयको गरिमा आँच आउने गरी दोस्रो रिजल्ट प्रकाशित गरिएको हो ।

कुनैपनि विश्वविद्यालयले एउटै सेमेस्टरको रिजल्ट दुई पटक निकाल्न नपाउने प्रवाधान छ । विश्वविद्यालयका सहायक डिन खड्काले मनोमानित ढङ्गले एउटै सेमेस्टारको दोहोरो रिजल्ट निकालन पाईदैन । यदि रिजल्ट निकाल्नै हो भने, रेटोलिङ्ग रिजल्टसंगै नजिता निकाल्न पाइन्छ । त्यसभन्दा अगाडी नै रिजल्ट निकाल्न नपाइने प्रावधान छ । सहायक डिन खड्काले एकलौटी रुपमा दोहोरो रिजल्ट प्रकाशित गरेका छन ।

यता मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापना प्रमुख खेमराज रावतले आफु कहाँ पहिलो पटक प्रकाशित रिजल्ट प्रतिलिपि मात्र आएको जानकारी दिए । ‘दाश्रो पटक प्रकाशित रिजल्ट सम्बन्धी कुनैपनि आफुसंग आधिकारिक जानकारी पाएको छैन ।’ उनले भने,–‘यदि परीक्षा समितिमा रिजल्टको प्रतिलिपि आएको खण्डमा हामी स्वीकृत गर्दैनौं ।’ दोस्रो परीक्षा आएको खण्डमा परीक्षा समितिले छलफल गरी सम्बन्धित डिन कार्यालयमा पठाउन रावतले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४     1:45:32 PM
error: Content is protected !!