☰ open Loading... 16 June 2025|  

फोरमको ६ नं. प्रदेशमा ढकाल छनाैट
  | ९ माघ २०७४, मंगलवार १८:०३

सुर्खेत । वि ओण्ड बेईजिङ्ग र ओमन लुज फोरमको ६ नं. प्रदेश स्तरीय सम्पर्क ब्यक्तिमा मधुरानी ढकाल छनाैट भएकी छन् । क्रियाशिल गैरसरकारी संस्थाहरुको समन्वयमा बसेको बैठकले सीमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम), सुर्खेतका कार्यकारी निर्देशक समेत रहेका ढकाललाई छनौट गरेको हाे ।

सुर्खेतमा क्रियाशिल संस्थाहरु समाज जागरण केन्द्र(स्याक) नेपाल, वातावरण सुधार समाज, एकल महिला समूह, फेडो, आवाज, ड्वाक संस्था लगायतको प्रतिनीधिहरुको उपस्थितीमा ढकाललाई सम्पर्क ब्यक्तिको रुपमा छनौट गरिएकाे वामका कार्यक्रम संयाेजक लालबहादुर जिएमले जानकारी दिए ।

६ नं.प्रदेशमा रहेका सबै संघ संस्थाहरुसँग समन्वय र सम्पर्क विस्तार गर्ने तथा महिलाका सवाल र समस्याहरुलाई सहजिकरणका लागी केन्द्र तथा प्रदेशसँग सम्पर्क जोड्ने कार्य ढकालकाे हुनेछ । भविश्यमा सबैसँग सहकार्य गरी महिला तथा वालवालिका एबं अन्य वर्गको सवाललाई समाधान गर्नको लालि पहल गर्ने ढकालले बताइन् ।