पार्वती बस्नेत
दाङ । ब्यापारिक तथा पर्यटन महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि प्रदर्शनी २०७४ यहि फाल्गुण ३ गतेदेखी १३गतेसम्म दाङको घोराहीमा संञ्चालन हुने भएको छ ।
उद्योग ब्यापार कृषि एंव पर्यटनको बिकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएकाे संघले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे ।
घोराही उपमहानगर पालिका १५ मा आयोजना हुने महोत्सवमा अाैद्याेगिक तथा ब्यापारीक बस्तुहरुको प्रर्दशनि एंव बिक्री, हस्तकला, कृषि, जडीबुटि तथा पर्यटन सुचना एंव सुचना प्रविधिको प्रर्दशनि गरिने छ ।
मेलाको आर्कषणका लागी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, बाल उद्यान सांस्कृतिक, कला साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको गतिबिधि रहने पनि अायाेजकले जनायाे ।
प्रदर्शनि स्थलमा प्रदेश ५ का विभिन्न जिल्लाहरुवाट उत्पादित विभिन्न बस्तुहरुका करिब १९० देखी २१० वटासम्म स्टलहरु राखिने छ । महोत्सवमा करिब ५ लाख दर्शकहरुले अबलोकन गर्ने अपेक्षा दाङ उद्योग बाणिज्य संघले लिएको छ ।
महोत्सव संञ्चालनका लागि विभिन्न उप-समितिहरु गठन गरिएको छ । नारायण भुषालको मुल संयोजकत्वमा महोत्सव मुल आयोजक समिति, हेमराज बन्जाडे संयोजक रहेको आर्थिक संकलन समिति, मधुसुदन बैद्य संयोजकमा अतिथि सत्कार समिति, चन्द्रराज पन्त संयोजकमा संघ संस्था समन्वय समिति, माधव प्रसाद शर्मा संयोजकमा अनुगमन तथा मुल्याङ समिति गठन गरिएको छ ।