सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुर्खेतमा नेतृत्व लिन होडवाजी सुरु भएको छ । आगामी माघ १३ गतेबाट सुरु हुने अनेरास्ववियुको २० औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा विद्यार्थी नेताहरुबीच नेतृत्व हत्याउनेबारे रस्साकस्सि चलेको स्रोतले जानकारी दिएको छ ।
अनेरास्ववियुको नेतृत्वका लागि अहिलेसम्म ३ जनाले दाबी गरेका छन् । यसरी दाबी गर्नेहरुमा २० औं जिल्ला सम्मेलन आयोजक समितिका संयोजक धुपेन्द्र शाही, आयोजक समितिका सदस्य खड्क थापा र अर्का सदस्य ध्रुव खत्री रहेका छन् । यी तिनैजना यस अघि नै जिल्ला कमिटिमा आइसकेका छन् । ओली पक्षका विद्यार्थी नेताको रुपमा रहेका धुपेन्द्र शाही अल्लिो कार्याकालमा जिल्ला कमिटि उपाध्यक्ष समेत रहेका थिए ।
यस्तै माधव नेपाल निकटका भनि चिनिने खडक थापा पनि यसअघि सहसचिव भैसकेका छन् । अर्का प्रत्यासी नेपाल पक्षका ध्रुव खत्री पनि कोषाध्यक्ष भइसकेका छन् । चर्को गुटबन्दी हुने एमालेमा अहिले त्यो रोग सर्दै विद्यार्थीसम्म आईपुगेको छ । एमालेमा गुटको राजनीति डोको भित्र सामान राखेर लुकाउन खोजेजस्तै भइसकेको कतिपय जानकारको भनाई रहेको छ ।