☰ open Loading... 17 September 2024|  

सीटीइभिटी नै दिन्छ नक्कली अनुमति, सुर्खेतमा प्राविधिक शिक्षाको नाममा ठगि
  | १६ माघ २०७४, मंगलवार ०८:१३

मदन विक, सुर्खेत ।

पछिल्लो समय प्राविधिक शिक्षा अध्यापन गराउने नाममा ठगि भईरहेको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सीटीभिटी) कै मिलोमतोमा ठगि भईरहेको पाइएको हो । व्यवसायी तालिम परिषद्को केन्द्रीय कार्यालयको नियम एउटा स्थानमा अनुमति लिएका शिक्षालयले अर्को स्थानमा शाखा खोल्न नपाउने प्रवाधान छ ।

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् क्षेत्रीय कार्यालय कोहलपुरको मिलोमतोमा सुर्खेतमा केही प्राविधिक नक्कली अनुमतिमा शाखा संचालन गरेको छन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका निर्देशक जित नारायण काफ्ले भने एक ठाउको अनुमतीले अर्को ठाउमा कुनै पनि त्यस्ता कार्यक्रम सञ्चालन गर्न नपाईने वताउछन्। विभिन्न विषयमा यस्ता शिक्षालयको सुचना आउने गरेको उनको भनाईछ । कार्यलयको अनुमती विना तथा भुक्याएर विद्यार्थी भर्ना गरेको पाईएका कार्वही गरिने निर्देशक काफ्लेको भनाई छ ।

सुर्खेतमा कार्यलय रहेको भेरी राप्ती प्राविधिक शिक्षालयले उद्यम विकास सहजकर्ता अध्यापन गराउनका लागि सीटीइभिटीबाट वीरेन्द्रनगरका लागि अनुमति ल्यायो । शिक्षालयले हाल गैर कानूनी रुपमा भेरीगंगा नगरपालिकाको रामघाटबाट शाखा संचालनमा ल्याएको स्रोत जनाएको छ । ४० जनाका लागि अध्यापन गराउन पाउने अनुमति ल्याएर भेरी राप्ती प्राविधिक शिक्षालयले ६० जनालाई अध्यापन गराउदै आएको छ ।

सीटीइभीटीको केन्द्रीय कार्यालयले एउटा स्थानमा अनुमति लिएको शिक्षालयले अर्को शिक्षालयमा शाखा संचालन गर्न नपाउने भनिएतापनि भेरी राप्ती प्राविधिक शिक्षालयको शाखा सीईभीटीको क्षेत्रीय कार्यालय कार्यालय कोहलपुरले नै नक्कली अनुमति शाखा संचालन भएको स्रोतको भनाई छ ।

भेरी राप्ती प्राविधिक शिक्षालयका संचालन सुमननाथ योगीले वीरेन्द्रनगर ४ का लागि शाखा स्वीकृत ल्याएको स्विकार गरे । उनले भने, ‘आवश्यकताको मध्य नजर गर्दै मोवाइल टिम मार्फत रामघाटमा २० र वीरेन्द्रनगरमा ४० जनालाई उद्यम विकास सहजकर्ता तालिम दिने गरेका छौँ ।’ हामीले कोर्ष फाइल गर्न कति खर्च लाग्छ भनि प्रश्न गर्दा उनले भने ६० हजार शुल्क लिने गरेका छौँ ।

तर उनले अनुमती पाएको विषयमा सिफ्टमा २० जना भर्ना गर्न पाउने र एक आर्थीक वर्षमा २ सिफ्ट गरि जम्मा ४० जना अध्ययन गराउन पाईने प्रावधान छ। उनले रोजगारीको सम्भावना के छ भन्ने प्रश्नमा हाम्रो काम पढाउने हो त्यस्तो केही छैन भन्ने उतर दीए । शिक्षालयले गत वर्ष टेलीकम टेक्नीसियन तह २ मा भर्ना गरि केहीलाई तह १ को परिक्षामा सहभागी गराएका र केहीको उद्यम विकास सहजकर्ता तह २ को परिक्षामा सहभागी गराएको एक विद्यार्थीले वताए । गत वर्ष उनले भदौमा उद्यम विकास सहजकर्ता भर्ना तथा फाल्गुनमा कक्षा सञ्चालन अनुमती पाएको वुझीएको छ । यसरी पनि अवैध भन्दा सञ्चालन गरेको अनुमान गर्न सकिन्छ ।

नक्कली अनुभव बनाएर सीप परीक्षण

यस्तैगरी नवजीवन मल्टी एजुकेशन एकेडेमी तह १ को अनुमति ल्याई तह २ संचालन गर्दै आएको छ । यतिमात्र होइन नवजीवन मल्टी एजुकेशन एकेडेमीका संचालक महेश नेपालीले प्लस टु पास पास गरेका विद्यार्थीको नक्कली अनुभव प्रमाण पत्र बनाएर सीप परीक्षणको दिने गरेको पाइएको छ । नेपालीले, हाम्रा सम्वादातासंग प्लस टु पास गरेका विद्यार्थीलाई उद्यम विकास सहजकर्ता तत्काल भर्ना गर्न सकिने बताए । एस.ई. ई. पास भएका विद्यार्थीका हकमा तत्काल भर्ना नसक्ने बताए । यो भन्नु नै उनले उद्यमशिलताको क्षेत्रमा दुई वर्षको अनुभव भएका व्यक्तिको नक्कली अनुभव पत्र तयार गरी सीप परीक्षण गरिने अनुमान गर्न सकिन्छ ।

सीटीइभीटीका अनुसार कुनैपनि विषयमा दुई वर्षको अनुभव भए तह दुईको सीप परीक्षण दिन पाउने व्यवस्था रहेको प्राविधिक तथा व्यवासयिक तालिम परिषद राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक डा याम भण्डारीले वताए । उनले इलेक्ट्रिशियन तह २ मा भर्ना गरि रहेको र अझैपनि गर्न सकिने बताए । उनले संचालन गरेको ५ सय ८० घण्टा तालिमले तह दुईको सीप परीक्षण गर्न नमिल्ने राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक डा याम भण्डारीले वताए । तह दुई गर्नका लागि तह एक पास वा सम्बन्धित विषयमा तीन वर्षको अनुभव भएकालाई तह २ को परिक्षामा सामेल गराउन पाइने तर सिधै तह २ का लागी भर्ना गर्न नपाईने भण्डारीको भनाईछ ।

५ सय २० घण्टा तालिम प्राप्त गरेको व्यक्तिलाई मात्र तह दुईको सीप परीक्षण लिन पाउने कानूनी व्यवस्था छ । उनले हाम्रा सम्वादातासंग तह २ (लेवल २ ) का लागि ६ सय घण्टा पढाईने बताए । तर सीटीइभीटीको इलेक्ट्रिसियनका लागि ५ सय २० घण्टाभन्दा माथिको कक्षा संचालन गर्नका लागि पाठ्यक्रम नभएको कार्यलयले जनाएको छ । साथै सोही कलेजले ४० जनाको संचालनको अनुमति पाएपनि ६० भन्दा बढी विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले बताए । यसरी अवैद्य रुपमा कक्षा संचालन गर्दै आएका नेपालीले इलेक्ट्रीशियन ६ महिना पढाएर प्रति विद्यार्थीबाट ६० हजार लिने गरेको बताए ।

यसरीपनि नक्कली अनुभव पत्र तयारपारी सीप परीक्षण गर्ने योजना बनाएको देखिन्छ । साथै कलेजले कम्प्युटरमा तह १ को अनुमति ल्याएर तह २ तह अध्यापन गराउदै आएको छ । कलेजले पहीले यस एल सी पास गरेका विद्यार्थीको नक्कली अनुभव तयार पारी सिप परिक्षण गर्नका लागी १२ कक्षा भन्दा माथी योग्यता भएका मानीसलाई जतीवेला भर्ना गर्ने गरेको छ । हामीले पढीरहेका वेला फेरी कोही नयाँ मान्छे पढ्न आउने नाम नवताउने सर्तमा एक जना विद्यार्थीले वताए ।

डोटीमा स्वीकृत सुर्खेतमा शाखा

यस्तै सेती टेनिङ्ग एण्ड रिसर्च सेन्टर डोटीका लागि सीइभीटीबाट स्वीकृत भएतापनि सुर्खेतबाट अवैद्य रुपमा शाखा संचालन गर्दै आएको छ । रिसर्च सेन्टरले ४० जना विद्यार्थी पढाउन पाउने अनुमति ल्याएपनि हाल ४० जना विद्यार्थीहरुलाई अध्ययन गराउदै आएको छ । साननवोर्ड विना सुर्खेतमा उसले इलक्टीसीयन र उद्यमविकास सहजकर्ता भर्ना गरी अध्यापन गराउदै आएको छ । डोटीमा अनुमती पाएको सस्थाले सुर्खेतमा शाखा सञ्चालन गर्न पाउने प्रावधान छैन तर उसले सुर्खेतमा अवैध रुपमा नक्कली धन्दा गर्दे आएको छ ।

उता  प्रमुख जिल्ला अधिधकारी सीताराम कार्कीले  कसलै उजुरी दिएमा छानविन गरि कारवाहीकाे डायरामा ल्याउने बताए ।