☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

प्रौढ कक्षा सञ्चालन, २ हजारलार्इ साक्षर बनाउने लक्ष्य

  |

बुद्धिमान पुन
सल्यान । सल्यानमा दुई हजार बढीको लागी प्रौढ कक्षा सञ्चालन भएको छ । यस वर्ष जिल्लाका २ हजार ४ सय ३० जनाका लागी प्रौढ शिक्षा अन्तरगत निरन्तर कक्षा संचालन भएको हो । जिल्ला शिक्षा कार्यलय सल्यानले यस वर्ष प्रौढ शिक्षा अन्तरगत निरन्तर कक्षा संचालन भएकोे जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले निरन्तर कक्षा संचालन भएको बताए । उनले भने –‘हामीले निरन्तर कक्षा संचालनका लागी सामुदायिक सिकाई केन्द्र स्थापना गरि परिचालिका मार्फत कक्षा संचालन गरेका छौं ।’

निरन्तर कक्षा संचालनका लागी सहजकर्ताहरुलाई पहिलो चरणको तालीम सदरमुकाम खलंगामा दिईएको थियो । पहिलो चरणको तालीममा शारदा नगरपालिका, कपुरकोट गांउपािलका र कालीमाटी गांउपालिकाका सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

एक नगरपालिका र दुई गांउपािलका बाट ४७ जना सहजकर्ता हरुको सहभागीता रहेको थियो । गत वर्षहरुमा साक्षर कक्षा लिएकाहरुले आफुले जानेका कुरा लाई निरन्तरता दिनका लागी निरन्तर कक्षा संचालन गरेको जिशिअ सुवेदीले बताए । ‘पहिलो चरणको तालीम लि सकेका सहजकर्ता हरुले आप्mनो क्षेत्रमा गएर माघ १५ गते देखी नै निरन्तर कक्षा संचालन गरेका छन्’– उनले भने ।

जिशिअ सुवेदीले भने –‘यो निरन्तर कक्षा ३ महिनाको हुने छ । माघ १५ देखी शुरु भएको निरन्तर कक्षा बैशाख १५ गते सक्ने भनेर योजना बनाएका छौं ।’ निरन्तर कक्षा पहिलो चरणमा ६ सय ४५ जना लाभान्वित हुने छन ।

यस्तै जिल्लाका सम्पुर्ण नगरपलिका र गांउपालिकामा पनि निरन्तर कक्षा संचालन गर्न लागेको उनले बताए । अब दोस्रो चरणमा पनि सहजकर्ताका लागी तालीमको आयोजना गरेको र छुटेका नगर पािलका र गाँउपािलका हरुमा छिट्टै निरन्तर कक्षा संचालन गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मितिः बिहिबार, माघ १८, २०७४     12:10:32 PM
error: Content is protected !!