☰ open Loading... 18 April 2024|  

६ लाख नगदसहित ६ जुवाडे पक्राउ
  | १८ माघ २०७४, बिहीबार १५:१५

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्दै गरेकाे अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीकाे अाधारमा प्रहरी निरिक्षक शंकर श्रेष्ठको कमाण्डमा गएको टोलीले वीरेन्द्रनगर ६ स्थित भरत वहादुर क्षेत्रीको घरमा जुवा  खेलिरहेकाे अवस्थामा उनीहरूलार्इ पक्राउ गरेकाे हाे ।

प्रहरीले उनीहरूकाे जुवा खालबाट साथबाट  नगद ६ लाख ४९ हजार ५ सय ६० रुपैया, २६ लाख ६५ हजारकाे चेक, आईएमईवाट झिकिएको २१ लाखको रसिद र विभिन्न कम्पनीका ४ थान माेवाइलहरू बरामद गरेकाे छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का भरत वहादुर क्षेत्री, दुर्गा प्रसाद सापकोटा र ज्ञानेन्द्र नेपाली तथा वीरेन्द्रनगर-३ का टिका वली, वीरेन्द्रनगर-१ का ज्ञानेन्द्र विश्वकर्मालार्इ जुवा खेल्दै गरेकाे अवस्थामा पक्राउ गरिएकाे प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार विभिन्न बैंकहरुको खाता भएपनि पक्राउ परेका दुर्गा प्रसाद सापकोटाका नाममा सवै चेक र आईएमईको रसिद काटिएकाे भेटिएकाे छ । यसबारे थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढेकाे बताएका श्रेष्ठले अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने जानकारी दिए ।