☰ open Loading... 19 April 2024|  

टिनले घर छाएपछि स्थानीयहरू खुसी
  | २१ माघ २०७४, आईतवार १९:२५

दाङ । घोराही उपमहानगरपालिका १६ ले वडाभित्रका खरले छाएका घरहरुमा टिनको पाता लगाउन सुरु गरिएको छ । वडा भित्र रहेका ४८ घरधुरीमा खर र फुसको छानो भएको र ति घरहरुमा टिनल लगाउने प्रकृया सुरु गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिए । खरले छाएका घरहरुमा टिनको पाता लगाउदाँ स्थानीयहरु खुसी भएका छन ।

ईन्जिनियर मार्फत प्राबिधिक नापजाँच सकिएको र ति खरका छानो भएका घरहरुका छिट्टै टिनको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ । साथै अहिले वडा सचिब र प्राबिधीक मार्फत घरहरुको विवरण सँगै घरको साईजका बारेमा अध्ययन भैरहेको छ ।

आर्थिक अबस्था कमजोर भएकाहरुको मात्रै खरका छाना रहेको भन्दै वडा अध्यक्ष बुढाले स्थानियहरुले गोठमा समेत टिनको व्यवस्था गर्न माग गराखेको बताउनुभयो । अहिले वडाका खरका छानो हटाएर टिन लगाउने कामका लागि करिब १४ लाख रुपैयाँ आवश्यक देखिएको छ ।

वडा कार्यालयले टिनको मात्रै व्यवस्था गर्ने र अन्य आबस्यक सामाग्रिहरुको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर टिन लगाउन पाउने भएपछि स्थानियहरु खुसी भएका छन् ।