☰ open Loading... 19 April 2024|  

मदन भण्डारीलार्इ चिठ्ठी
  | २२ माघ २०७४, सोमबार ०८:४२

प्रिय मदन कमरेड !
अभिवादन ।
तपाई स्वर्गवास भएको पनि २२ वर्ष पुगिसकेछ। हिजो अस्ति जस्तो लाग्छ तपाईंको त्याे शिहकाे जस्तो गर्जन अनि सत्तासीन राजा वीरेन्द्रलाई ललकार्दै हिम्मत भए श्रीपेच खाेलेर निर्वाचनमा अाउन दिएकाे चुनाैती अनि साम्राज्यवादी देश भारत र अमेरिकालाई दिएको चेतावनी !

नेपालीको गिर्दो स्वाभिमान र रित्तिदै गएको अात्मविश्वासलाई तपाईंले नै हाे त्राण दिएको । पंचायती शासन सत्ताले गरेको दमन र थिचोमिचो विरुद्ध कांग्रेससंग सहकार्य गरेर जाने अनि छरपस्ट कम्युनिस्टहरूलाई एकतित्र गर्ने कामकाे नेतृत्व तपाईले नगरेको भए न अाज देशमा प्रजातन्त्र अाउथ्याे न गणतन्त्र नै ! कांग्रेसको दम्भ र अात्मकेन्दि्त राजनीतिलाई डिप्लाेम्याटिक हिसावले परिवर्तन गराउदै गरेको ०४६ काे अान्दोलनले राजतन्त्रकाे अन्त गरेको थियाे।

तपाईंको दुखद अन्त पछि परिस्थिति फेरिएको छ कमरेड। त्यसपछि जनयुद्ध सुरु गरियाे; देउवाले शासन सत्ता राजालाई वुझाए अनि ०६२/०६३ काे अान्दोलन पश्चात् हाल नेपाल संघीय गणतन्त्रात्मक मुलुक वनेकाे छ। २०७२ मा संविधान सभावाट नेपालकाे संविधान जारी गरिएको छ। साेही वमाेजिम स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाकाे निर्वाचन सम्पन्न भैसकेको छ। राष्ट्रिय सभा निर्वाचनको तैयारी अन्तिम चरणमा छ। देउवाले नअल्मल्याएकाे भए अाजसम्म सरकार वनिसकेकाे हुनेथियाे।

कमरेड! परिस्थिति परिवर्तन भैरहदा अनुशासनमा रहेको र तपाईंवाट प्रशिक्षित हाम्रो गाैरवशाली संगठनमा गम्भीर कमजोरीहरु देखिएका छन। नेताहरु व्यक्तिगत स्वार्थमा हिडेका छन। अाफ्ना नातागोता,श्रीमती, भाइ, मामामाईजु, सालासाली, सासुहरुलाई माननीय वनाईएकाे छ। संगठनमा कुनै भूमिका नभएका मानिसहरूलाई राजकीय पद दिईएकाे छ। त्यति मात्रै कहाँ हाेर कमरेड पैसामा माननीय पद वेचिएकाे छ। पैसाको वार्गेनिङवाट पदकाे वाडफाड हुन्छ।

अाफ्ना प्रेमिकाहरु रिझाउन पद वाडफाड गर्ने गरिएको छ। सुन्दा नरमाइलो लाग्ला कमरेड वेड सेयर गर्नेहरुलाई प्राथमिकतामा राखि अन्य ईमान्दार लगनशील कार्यकर्ताहरुकाे तेजाेवध गरिएको छ। कमिटीको निर्णय मान्न अाफै प्रमुख तैयार छैनन। कस्तो पार्टी वनाउने भनेर उपदेश दिनेहरुनै अाफु सम्मिलित सार्वभौम कमिटीले गरेको निर्णय कुल्चन उत्प्रेरित छन। यस्तो लाग्छ उनीहरू नेतृत्वमा पुगेको अाफ्ना नातागोता र प्रेमिकाहरुलाई राजनीतिमा स्थापित गर्न र कमाई खाने वनाईदिन पुगेका हुन। पुराना राजनीति गरेका ईमानदार कार्यकर्ताहरुलाई गुठका नाममा मानमर्दन गरिएको छ।

कमरेड! स्थानीय निर्वाचन पछि गठित हाम्रा जनप्रतिनिधिहरुले सरकारी ढुकुटीकाे व्यापक दुरुपयोग गरेका छन। महङ्गो तारे हाेटलमा गाेष्ठी र तालिमको नाममा कराेडाै रकम स्वाहा पारिएको छ। महङ्गो हाेटलमा गरिने गाेष्ठीवाट कमिसनकाे पाेकाे पनि ठूलै अाउछ रे कमरेड। अनि विलपनि अाफुले चाहेजति गराउन मिल्छ रे ! उनीहरूले राज्यकोषलाई अाफ्नै पैतृक सम्पत्ति ठानेका छन।

गाउँ घरमा काेदाे र फापर खाएर गुजारा गरेकाहरुलाई अाज लङग्रेन चामलको भात मिठाे लाग्न छाेडिसकेकाे छ। जानी नजानी ब्रेक फास्ट, लन्च,डिनर, हाईटि भन्न सिकेका हाम्रा नेता कार्यकर्ताहरुलाई रुवाकाे डसनामा निन्द्रा अाउन छाेडिसकेकाे छ। महङ्गो म्याटे्स र वातानुकुलित सयन कक्षमा रहनु उनीहरूकाे अादत वनिसकेकाे छ। साईकल नदेखेका हाम्रा कमरेडहरुलाई वातानुकुलित गाडी चाहिएकाे छ। सार्वजनिक यातायातको साधनमा साेझा जनताहरु(उनीहरूकाे भाषामा गवारहरु) चढ्ने गरेकाेले त्याे सेवा उनीहरुलाई अमन परेको छ। विदेशीसंग अात्मसम्मान वेचेर भीख मागेर ल्याएकाे पैसाले खरिदेकाे उच्चस्तरको सेवा र सुविधामा वर्ग संघर्षको पाठ पढाइरहेका छन कमरेड!

कमरेड वेथिति र वेदना कति सुनाउ। कम्युनिस्टहरुले सामुहिक उत्पादन र वितरणलाई जाेड दिन्छन् भनेर एउटा प्रशिक्षणमा सुनाएको मैले अझै सम्झिरहेकाे छु।तर यहाँ त अाजकल व्यक्तिगत कमाई अनि कार्यकर्तामाथिकाे शाेषण देखिरहेकाे छु। अस्ति भर्खर एउटा गाेष्ठीकाे वील ३० लाख वढी अाएछ कमरेड । के जाति भाईरल र फ्लुले अस्ति भर्खर जाजरकोट , कालिकोट लगायतका ठाउँमा धेरै जनता मरेछन। खान नपाएको कारण मर्ने मानिसको संख्या पनि छ हाम्रो देशमा। वाटाघाटा राम्रा छैनन, जम्मै भ्रष्टाचार र कमिसनमा वनेकाले वनाएकाे भाेलिपल्टै उप्किन सुरु हुन्छ, वाढी पिडितकाे विजाेग छ। पालमा जीवन कटाएका छन।

भुकम्प पिडितहरुकाे त कुरै नगराै। उनीहरूकाे अवस्था देख्दा धरधरी रुन मन लाग्छ कमरेड । खेत वारि वाझा छन, काम गर्ने युवाहरु विदेशमा छन, परिवारसंगै वस्न नपाउदा कैयौं परिवार विखण्डनको चपेटामा छन,श्रीमान विदेशमा श्रीमतीले सम्पत्ती स्वाहा पारेकाे घटना कति छन कति। युवा पलायन राेक्ने कुनै याेजना छैन । वुढा बाबा अामा मर्दा छाेराे मलामी वन्न र काध हाल्न पाएका छैनन् । गाउँ घरमा पालिने चाैपायाहरु गाई भैंसी र वाखा् खसी देखिनै छाडेका छन। चारखुट्टे भुस्साहा कुकुर मात्रै देखिन्छन् कमरेड। गाई भैंसी र वाखा् कराउने गाउ स्याल कराउनेमा परिणत भएको छ।

कमरेड!युवा जमात निराश भै लागू अाैषध सेवनकाे नसामा फसेकाे छ। राेजगारी छैन, उज्यालो भविष्यकाे कहिकतै किरण देखिदैन। चारैतिर अध्याराे , निराशा, कुण्ठा र अविश्वास मात्रै देखिन्छ। हामीले मान्ने गरेकाे वर्ग सत्रुसंग साझपख हाम्रा नेता ककटेल पार्टीमा मस्त हुन्छन् ।

निर्वाचनकाे वेला देखि अर्को पार्टीको पल्लाघरे साईलासंग मेराे वाेलचाल छैन तर निर्वाचनमा हामीले जीवनमरणकाे लडाइँ गरि मैले जिताएका हाम्रा कामरेड विश्वासले मलाई घात गरि उनलाई जागिरे हुन सघाए रे! सुन्तला घरे जेठाले चुनावकाे वेला हाम्रा कामरेडलाई हराउन ठुलाे पैसा खर्च गरेका थिए। वाटाेमा भेटे मार्ने भनेर गाैडा वसेकाे वेला म लगायतका साथीहरुले थाहा पाई हाम्रा अध्यक्ष कामरेडलाई वचाएका थियौ, अाज उनीहरू वीच दाेस्ती छ रे ! राेडकाे ठेक्कामा फिप्टी फिप्टी पार्टनरसिप छ रे ! मैले काम पाउछु कि भनेर कुरा गर्न जादा मलाई काम मिलेन, पछि थाहा भयाे हाम्रा कामरेडले मलाई नराख्नु भनेछन । मैले काम गर्दा उनीहरू वीचकाे भागवन्डाकाे पाेल खुल्ने डर हुन्छ रे ! अस्ति दुईवटा डाेजर यतैवाट जाँदै थियाे,त्याे चाहिँ यहि मेराे गुमनाम गाउपालिकामा वाटाे खन्न अाएकाे रे! पार्टनरसीपमा, हाम्रा कामरेड गाउपालिकाका अध्यक्षकाे ।

निर्वाचनको वेला हाम्रा अध्यक्षलाई गाैडा वसेर मार्न लागेकाे वेला अाफ्नाे ज्यान हत्केलोमा राखी वचाएका पलाष्टिक पसल गर्ने हाम्रा कमरेड सीतल भन्दै थिए, कमिसनकाे कुरा मसंग गर्न नसकेर उता उनैलाई निर्वाचनको वेलामा मार्न खाेज्नेकाे पसलसंग सामान खरीद महङ्गो मुल्यमा गरे रे !

यस्तै छ कमरेड यताकाे खवर। कति विलाैना गराै। कम्युनिस्ट अान्दाेलन र विचार पैसामा विक्रि गरिएको छ। अन्याय र अत्याचारले डाडाे काटेकाे छ। नेतृत्व विकृत वनेकाे छ। तपाईंले सिकाएकाे वर्ग संघर्ष अब अाफ्नै विरुद्ध गर्नु पर्ने भएको छ। एकपटक फेरि अाफ्नै नेता विरुद्ध हतियार उठाउनु पर्ने वेला अाएकाे छ। वर्ग दुस्मन अरु काेही नभएर हाम्रै नेतृत्व भएको छ।

अन्तमा मनकाे वेदना कस्लाई सुनाउ, काेही सुन्ने भएन भनेर तपाईं कमरेड मदन भण्डारीलाई लेखेकाे हु। हवस त विदा चाहन्छु। अभिवादन।

तपाईंको उहि
कमरेड जलन, सुर्खेत