☰ open Loading... 25 April 2024|  

कर्मचारीबाट आत्महत्या
  | २२ माघ २०७४, सोमबार ०९:०१

तुलसीपुर  ।  लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।   वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आज बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।