☰ open Loading... 20 June 2025|  

म सभामुखको आकाङ्क्षी होइन : ज्वाला
  | २३ माघ २०७४, मंगलवार १३:२४

सुर्खेत । नेकपा (एमाले)का नेता तथा प्रदेश नं ६ का सांसद प्रकाश ज्वालाले आफू सभामुखको आकाङ्क्षी नभएको बताएका छन ।  माघ २९ गते निर्वाचन हुने कार्य सूची तयार गरिएको यो प्रदेशको सभामुखको निर्वाचनका लागि आफ्नो उम्मेदवारी नरहने उनकाे भनाइ छ ।  सांसद् ज्वालाले भने, “मेरो दाबी सभामुखमा होइन, पार्टीको संसदीय दलको नेतामा हो ।” उनले जाेड दिए, “म दलकै नेता भएर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्छु ।”

राष्ट्रियसभाको चुनावलगत्तै बस्ने संसदीय दलको बैठकले सहमतिमै संसदीय दलको नेता चयन गर्ने तर सहमति नभए त्यसको विकल्पमा जान सकिने उनले बताए ।

नेकपा (एमाले)भित्र संसदीय दलको नेताका लागि पार्टीका ६ नं प्रदेश सहसंयोजक तथा सुर्खेतका संसद् यामलाल कँडेलले दाबी गर्दै अाएका छन संसदीय दल तथा प्रदेशसभाको पहिलो बैठकमा दलका तर्फबाट उहाँले नै अगुवाइ गर्दै आउनुभएकाले दलको नेतामा उनकै बढी सम्भावना भएको पार्टी स्रोतले जनाएको छ ।

यो प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्री र एमालेलाई सभामुखको भाग परेको छ । सोहीअनुसारको प्रदेश सरकार गठनका लागि दुवै दल आन्तरिक गृहकार्यमा जुटेका छन् ।