☰ open Loading... 18 April 2024|  

‘व्यवसायीहरुको हितमा काम गर्नेछु’
  | २५ माघ २०७४, बिहीबार १७:५८

 


उद्योग बाणिज्य संघ दैलेखको यहि माघ २५ र २६ गते हुन लागेको साधारण सभा तथा जिल्ला अधिवेसनमा अध्यक्षका प्रत्यासि नरेन्दबहादुर थापासंगको कुराकानी ।

१) चुनावमा तपाईको एजेण्डा के ?  

–खास कुरा के छ भने मैले ४० महिना उद्योग बाणिज्य संघ दैलेखको महासचिवको जिम्मेवारी पुरा गरे । त्यस अवधिमा धेरै काम गरेको छु । बाँकी रहेका योजनाहरु अव अध्यक्ष भएर पुरा गर्नेछु । निजि क्षेत्रको प्रतिनिधित्व गर्दै सरकारसंग समवन्य गरेर सवै दायित्व, सवै भुमिका पुरा गर्नेछु । मेरै कार्यकालमा भवन बनिसकेको छ । प्रत्येक गाउँ, नगर सरकार समवन्य गरेर जग्गा किनेर भवन निर्माण गर्नेछु । अपराधिक गतिविधि न्यूनिकरण गर्न सवै बजारमा सिसि क्यामरा जोड्न पहल गर्नेछु । जिल्लामै कृषि जडिबुटीका लागि नौमुलेमा प्रशोधन केन्द्र बनाउने प्रयास गर्नेछु । औधोगिकग्राम बनाउन प्रयास गर्नेछु । सुन्तला तथा तरकारीका लागि चिस्यान केन्द्र गुराँसेमा बनाउने योजना छ । बाहिरबाट आउने जिल्लामा दर्ता नभएका झोले ब्यापारीहरुलाई रोक्नेछु । दैलेखमा रहेका ज्वाला क्षेत्रको ग्यास उत्खननको लागि नेपाल सरकारसंग समन्वय गर्नेछु । अहिलेको उद्योग बाणिज्य संघको भवनमा ब्यवस्थीत हल बनाउने छु । मेरो कार्यकालमा सव बहान ल्याउने छु । हाईडो हव बनाउन माथिल्लो कर्णाली लगायत समर्थन गर्ने गराउन प्रोत्सान गर्ने मुख्य एजेण्डा रहेको छ ।

२) तपाईको जित्नेपछि तत्काल गर्ने कामहरु केके हुन् ?  

–मैले जिते लगत्तै जिल्लामा दर्ता नभएर गरिने घुमन्ते ब्यापारिलाई रोक्नेछु । मध्यपहाडी लोकमार्गलाई कालेपत्रे गर्न दवाव दिनेछु । निजि क्षेत्रबाट ब्यापार ब्यवसाय बढाउनका लागि विभिन्न योजनाहरु बनाउनेछु । जडीबुटीको प्रशोधन केन्द्र बनाउनेछु । जिल्लामा ब्यापारिक सुरक्षाका लागि पहल गर्नेछु । ब्यवस्थित तालिम हल बनाउनेछु ।

३) देश नयाँ संरचनामा गएको छ । जहाँ स्थानीय तह, प्रदेश छन् । तपाई जितेपछि उद्योग ब्यापार प्रवद्र्धनका लागि कस्तो समन्वय गनुहुन्छ ? 

– हाम्रो यसपालिको निर्वाचनपछि प्रत्येक गाउँ नगरमा शाखा हुन्छ त्यो पुर्ण अधिकार सहितको हुनेछ । चुनाव सम्पन्न भएको १५ देखी ३० दिनभित्र शाखा विस्तार गरिने छ । शाखाको अध्यक्ष जिल्लाको पदेन सदस्य हुन्छ । कर, लगायत विभिन्न कुराहरु समन्वय गरेर जाने छौं । स्थानीय तहका कुनै पनि ब्यापारीलाई परेको समस्य जिल्लाबाटै शाखा हुँदै समाधान गरिने छ । जिल्लामा उद्योग कम छ । उद्योग बढाउन प्रोत्साहन गरिनेछ । त्यसका लागि कागज, जडिबुटी, घरेलु उद्योग लगायतका उद्योगहरु विस्तारमा सहयोगी बनेर काम गर्ने छु । सवै स्थानिय तह र प्रदेशसंंग समन्वय गर्नेछु ।

४) आर्थिक स्तर बढाउन पर्यटक प्रवद्र्धनका लागि केही योजना छ ? 

– ६ नम्वर प्रदेशकै पर्यटन प्रवद्र्धनमा धनी जिल्ला हो । दैलेखमा धेरै कुरा छन् । पर्यटकिय केन्द्रको रुपमा विस्तार गर्नका लागि ब्यवसायीहरुसंग बसेर योजनाहरु गर्नेछु । प्रचार प्रसारका लागि ब्यापार प्रवद्र्धन हुने आर्थिक स्तर बढ्नेछ । पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा सवैसंग सहकार्य गरेर अघि बढ्नेछु ।

५) विगतभन्दा अहिले चुनावप्रचार शैली भड्किलो देखीएको गुनासो आएको छ नी के हो ? 

–विगतभन्दा अहिले अलि अलि बाहिर कुरा आएजस्तै देखिएको छ । प्रतिष्पधीले गरेपछि आफु पनि बाध्य भएर प्रचारमा जानु परेको हो । हामीले रोक्ने प्रयास गरेको छौ ।

६) उद्योगी, ब्यापारिलाई के भन्न चाहनु हुन्छ ?  

२०४३ सालदेखी ब्यापार गरेको हुँ । म देउराली चुरोटमाथि झोला बोकेर ब्यापार गरेको हुँ । धेरै दुख गरेर अहिले यहाँ पुगेको हो । सवै उद्योगी ब्यापारलाई धन्यवाद दिन चाहन्छु । मैले गरेको प्रतिवद्धता पत्र अनुसार आगामी दिनमा काम गर्ने विश्वास दिलाउँदै सवैबाट सहयोगको अपेक्षा गरेको छ ।