☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

प्रदेश ६ : माओवादी संसदीय दलको नेता बने महेन्द्रवहादुर शाही

  |

सुर्खेत ।  प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रको तर्फवाट महेन्द्रवहादुर शाहीलाई चयन भएका छ । सुर्खेतमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको माओवादी केन्द्र ६ नम्वर प्रदेश ईन्चार्ज शक्तिवहादुर वस्नेत ले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको थियो । अव संसदीय दलको नेता नै मुख्य मन्त्री वन्ने भएपछि शाही मुख्य मन्त्री वन्ने छन् ।

दलको वैठकले शाही संसदीय दलको नेता वन्ने भनी निर्णय समेत गरेको छ । शाही संगै मुख्य मन्त्रीको दावी जुम्लाका सांसद नरेश भण्डारीले गरेका थिए । भण्डारीलाई उचित स्थान दिने सहमती समेत सांसदीय दलले गरेको छ ।

प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४     7:16:43 PM
error: Content is protected !!