☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

कर्णाली प्रदेश : पीच उप्किएका राजधानीका सडकमा माटाेकाे टालाे

  |

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर यतिबेला सडकमा रहेका खाल्डाखुल्डी पुर्न व्यस्त छ । वीरेन्द्रनगरको मुटुमा रहेका व्यस्त सडकको हालत अहिले जिर्ण अवस्थामा रहेका छन् । कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगरका विभिन्न सडकको हालत एकदमै नाजुक अवस्थामा पुगेको छ ।

अहिले प्रदेश प्रमुखदेखि संसद सचिवालय र सबै मन्त्रालय रहेका वीरेन्द्रनगर ७ र ८ मा रहेका विभिन्न सडकहरूमा अवस्था नाजुक भएपछि खाल्डा पुर्ने काम थालिएको छ । मन्त्रालय बनेसँगै दैनिक सवारी चाप बढिरहेको बेला नगरपालिकाले वडामार्फत् गिट्टी र माटो हालेर खाल्डाखुल्डी पुर्न थालेको छ । स्थानिय तहको निर्वाचन भएको १० महिनापछि मात्र नगरपालीकाले खाल्डाखुल्डी पुर्ने अभियान थालेको छ ।

अहिले वीरेन्दनगरका विभिन्न सडकमा माटो र गिटी हालेर सडकमा धमाधम खाल्डा खुल्डी पुर्ने काम थालिएको छ । बर्खाको समयमा हिलाम्य बनेको सडकलाई मर्मत नगरी नगरपलिकाले अहिले सडको बीचमा रहेका खाल्डालाई माटो र गिटीको सहायताले मर्मत गर्न थालेको छ । सडकमा माटो भरेर गीटी हाली मर्मत कार्यका लागि वडा नम्बर ७ र ८ को लागि २० लाख रुपैयाँ छुटाएको खवर जनता पाेष्टमा छ ।

बीचबाटोमा माटो हालेपछि सडक छेउका पसल र घर हुनेलाई धुलो हुने गरेको स्थानीय श्यामलाल शर्माले बताए । उनले भने, ‘सडक सानो छ झन् साँगुरो भएकोले आउजाउमा समस्या भएको छ ।पहिला मोटर सहजै गुड्ने यो बाटोमा अहिले बीचमा माटो थुपारेर मोटरसाइकल समेत गुड्न मुस्किल भएको उनले गुनासो गरे ।

वीरेन्द्रनगर ८ का रामबहादुर सुनारले भने, ‘ग्राभेलको नाममा नगरपालिकाले जनताको आँखामा छारो हालेको छ ।पहिलाको खाल्डाखुल्डी भएर समस्या भयो, अहिले बीच बाटोमा माटो र गिटी हालेर मोटर गुड्न झन समस्या भयो उनले बताए । उनले भने, ‘यो माटो अब पानी पर्ने बितिकै बगाउछ, यसको के काम, सुरुमै खाल्डाखुल्डी पिच गरे भइहाल्थ्यो, यो त केवल देखाउनको लागी मात्र भयो ।

माटो र ग्राभेलको नाममा टुक्रे विकास बालुवामा पैसा खन्याए सरह हो, उनले थपे, ‘वार्षिक करोडौं रकम माटो र ग्राभेलको नाममा खर्च भइरहेको छ ।अहिले वीरेन्द्रनगरको घन्टाघर चोक हुँदै धमला चोकसम्म सडकमा माटो, ग्राभेल र नाला निर्माणको काम भइरहेको छ ।

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले अहिले पहिलो चरणमा माटो र ग्राभिल गर्ने काम गरिएको बताए । उनले भने, ‘वीरेन्द्रनगर नगरपलिकाको वडा नम्बर ७ र ८ मा उपोभक्ता समिति गठन गरेर १०/ १० लाख बजेट छुटाएर काम थालिएको छ, यसपछि मर्मतको काम अगाडि बढाउने तयारीमा रहेका छौं । वीरेन्द्रनगरका अधिकांश सडकको अबस्था नाजुक रहेको बेला नगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम थालेको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४     5:08:54 PM
error: Content is protected !!