☰ open Loading... 20 April 2024|  

माथिल्लो कर्णालीको काम बन्द
  | ३० चैत्र २०७४, शुक्रबार ११:३०

दैलेख, – डेढ महिला महिनाअघिदेखीबाट माथिल्लो कर्णाली जलविद्युत परियोजनाको फिल्ड कार्यालयबाट हुने सवै काम रोकिएका छ ।

२०७४ माघ २७ गते माथिल्लो कर्णाली जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको हो ।

ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । बम प्रहारले ती कामहरु रोकिएको छन् ।

शान्तीसुरक्षा अनुभुती नभएको भन्दै अहिले काम रोकिएको आयोजनाका एक कर्मचारीले बताए ।

माथिल्लो कर्णाली जलविद्युत परियोजनाको ड¥याम साईट । फाईल तस्विर ः गोविन्द÷नागरिक

उनले भने, łकाम गर्ने वातावरण भएन् त्यसैले सवै कर्मचारी सुर्खेत काठमाडौं केन्द्रित छौं । अज्ञात समुहले पर्खाल बाहिरबाट बम प्रहार गरे लगत्तै आयोजनाको फिल्ड कार्यालयमा कर्मचारी समेत छोडेका हुन् ।

डयामसाईटमा पर्ने रुखहरु काट्ने काम अहिले रोकिएको छ । łरुख काट्नका लागि दैलेख अछामका जिल्ला वन कार्यालयलाई चिठि समेत लेखिसकेको थियो । स्थलगत रुपमा कटानमा पर्ने रुखहरु पहिचान भैसकेको थियो । एक कर्मचारीले भने, बम प्रहार नभएको भए यति बेला रुखहरु काटिसकेका हुन्थे ।

अन्य कामहरु पनि अघि बढ्र्थे । सरकारी वनसंगै निजी रुख पनि कटानका लागि मुआब्जा दिईसकेको थियो ।

निजी रुख सम्वन्धी जग्गाधनीले नै लग्ने पाउने ब्यवस्था छ । ड्याम साईटमा कर्मचारी जान नमानेपछि अहिले लगानी बोर्डमा छलफलहरु भैरहेको जनाईएको छ । असुरक्षाले कर्मचारी फिल्ड कार्यालय जान सकेका छैनन् । ति कर्मचारीले भने, कर्मचारी फिल्ड नपुग्दा अहिले फिल्डमा सवै कामहरु थप्प छन् । शान्तीसुरक्षाको प्रत्याभुती नहुने बेलासम्म कर्मचारी फिल्डमा बस्ने अवस्था नरहेको ती कर्मचारी बताए ।

पुर्नरबास र पुर्नस्थापनाको फाईनल रिर्पोट लगानी बोडमा फाईनल रुपमा यो विचमा बुझाउने काम भएको आयोजनाले जनाएको छ । डयाम साईटमा बसेर काम गनुपर्ने कर्मचारीहरु सुर्खेत र काठमाडौ अफिसमा छन् ।

निर्माण लाईसेन्स (पिडिए) सम्झौता गरेको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजना प्रवर्धक कम्पनी जिएमआरले विभिन्न समयमा हुने बम प्रकार तथा आगजनीले काम बेलाबेलामा रोकिने गरेपछि म्याद थप हुने गरेको छ ।

२ सय ३९ घरधुरी प्रभावित हुने र ५७ घरधुरीको पुनस्र्थापना हुने लगानी बोर्डमा बुझाईएको प्रतिवेदनले देखाएको छ । परियोजनाबाट दैलेख, अछाम र सुर्खेत जिल्लाका घरधुरीहरु प्रभावित र पुनस्र्थापना हुनेछन् ।

साभार ः नागरिक दैनिकबाट