☰ open Loading... 20 April 2024|  

हेडलार्इटले काम नगर्दा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु, २१ घाइते
  | ३० बैशाख २०७५, आईतवार ०७:०५

प्युठान, ३० वैशाख।

प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा यात्रुवहाक बस पल्टिँदा ५ जनाको घटनास्थलमै ज्यान गएको छ । घटनामा २१ जना यात्रु घाइते भएका छन् । घाइते मध्य ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । राती २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको प्रहरीको प्रहरीले जानकारी दिएको छ ।

बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । २१ जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।