☰ open Loading... 29 March 2024|  

फर्निचर व्यवसायी संघको अध्यक्षमा विक निर्विराेध
  | ५ जेष्ठ २०७५, शनिबार २०:३५

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ दैलेखको जिल्ला अध्यक्षमा मधुवन फर्निचर उद्योगका सञ्चालक रामबहादुर बिक चुनिएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका उपाध्यक्ष एवं कर्णाली प्रदेश संयोजक कृष्ण ढकालको उपस्थितिमा शनिवार भएको व्यवसायीहरुको भेलाले उनलाई चुनेको हो ।

भेलाले संघको उपाध्यक्षमा अशोक पन्त, सचिव सनोज कायस्थ, कोषाध्यक्ष रुपक शाही, सदस्यहरुमा बीरबहादुर थापा, अर्जुन सार्की, झलक आचार्य, रामु बिक र बालकृष्ण रेग्मीलाई चुनेको छ । त्यसैगरी सल्लाहकारमा नरबहादुर पुन, रेशम बिक र खड्गे नेपालीलाई राखिएको बताइएको छ । नवगठित समितिलाई केन्द्रीय उपाध्यक्ष ढकाल, कर्णाली प्रदेश सदस्यहरु बीरबहादुर बिक, संघका चितवन उपाध्यक्ष अरुण खनालले समेत फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको महत्व र व्यवसायिक फाइदाका विषयमा प्रकाश पारेका थिए ।