☰ open Loading... 18 June 2019|   मङ्लबार, असार ३, २०७६

दैलेखमा सेन्चुरीको ९६ औं शाखा विस्तार

  |

दैलेख । दैलेखमा सेन्चुरी बैंकको शाखा उद्घाटन गरिएको छ । उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको प्रमुख अतिथ्यतामा बैंकको उद्घाटन भएको हो । दैलेख सदरमुकाममा सेन्चुरीको ९६ औं शाखा सञ्चालनमा आएको छ । उद्योग बाणिज्य महासंघ दैलेखका अध्यक्ष कुलबहादुर विक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घघाटन गरेका हुन् ।

सेन्चुरीसंगै दैलेखमा बाणिज्य बैंकहरुको संख्या १२ पुगेको छ । दैलेख उद्योग बाणिज्यका अध्यक्ष कुलबहादुर विकले लगानीको सम्भावना धेरै रहेकाले अव सवैले हातेमाले लरेर लगानी गर्नुपर्ने बताए ।

लगानीमा बैंकले खुलेर छिटो सरितो गर्नुपर्ने अध्यक्ष विकले बताए । बैंकले लगानी बजार केन्द्रितभन्दा पनि गाउँ केन्द्रित हुनुपर्ने सुझाव दिईएको थियो ।

बैंकका अध्यक्ष श्रेष्ठले बैंकको नारा सरल बैंकिग सबैका लागि भन्ने रहेकाले पहूँचभन्दा बाहिरका नागरिकलाई पनि सेवा प्रवाह गर्ने पतिवद्धता जनाएका छन् । सेन्चुरीको झण्डै ९७ अर्ब पूजी परिचालन छ । विकासको क्रममा आर्थिक विकास र समृद्धी निर्माणमा सहयोग पु¥याउन आफूहरु आतुर रहेको अध्यक्ष श्रष्ठको भनाई थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १४, २०७५     12:25:23 PM
error: Content is protected !!