☰ open Loading... 20 April 2024|  

भ्यान भेरीमा खस्याे चालककाे मृत्यु
  | १४ जेष्ठ २०७५, सोमबार १८:१५

सल्यान । सुर्खेतको राकमदेखि बोटेचौर जाँदै गरेको भे १ ज ८५२ नम्बरको भ्यान दुर्घटना हुँदा एक चालककाे मृत्यु भएकाे छ । गुर्भाकोट नगरपालिका ३ जुम्लेभिर नजिकै गएराती भ्यान दुर्घटनाहुँदा सुर्खेत दयाचौर घर भएका २५ वर्षका सुमन बिककाे मृत्यु भएकाे हाे ।
आइतबार राती राकम बाट छुटेको जिप बोटेचौर नपुगेपछि बिहान जिप मालिकले खोजि गरेका थिए । साेमबार दिउँसो ३ बजे उक्त भ्यान जुम्लेभिरस्थित भेरी नदीमा खसेकाे अवस्था प्रहरीले भेटाएकाे थियाे ।
चालकको शव पिन दुर्घटनास्थलमै भेटिएकाे ट्राफिक प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । भ्यानमा अन्य यात्रुहरू नभएकाे पुष्टी प्रहरीले गरेकाे छ ।