☰ open Loading... 29 March 2024|  

कर्णाली प्रदेश सभामा किन गरे प्रतिपक्ष सांसदले संसद अवरुद्ध ?
  | २४ जेष्ठ २०७५, बिहीबार १७:४९

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं बैठक ३ बजेका लागि अाह्वान गरिएकाे थियाे । समयको जहिले पनि ख्याल नपु¥याउने सांसदका कारण पछिल्ला बैठकहरु ढिला शुरु हुँदै आएका छन् । तर बिहिबारको बैठक पनि निर्धारित समयभन्दा अाधा घण्टा शुरुभए पनि नियमित कार्यसूची अनुसार सभामुख राजबहादुर शाहीले कारवाही प्रारम्भ गरे ।


सभामुख शाहीले सांसदहरुका लागि प्रदेश सरकारमार्फत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनु पर्ने विषयमा विशेष समय उपलव्ध गराए ।

नेपाली कांग्रेस प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले शुरुमा संसदमा बोल्ने पालो पाए । सांसद शाहीले कालिकोट घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विषयान्तरमा प्रवेश गरे । पाँच मिनेट बोल्ने समय पाएका शाहीले राष्ट्रपति रनिङ्ग सिल्डमा कर्णाली प्रदेशका खेलाडीहरुले काठमाडौंमा जर्सी नपाउँदाको खवरले प्रदेशको बेइज्जत भएको भन्दै आलोचना गरे ।

‘साच्चै सरकारले जर्सी किन्न नसकेको हो वा दिन नचाहेको माननीय सभामुख ज्यू !’ जवाफ माग्दै शाहीले भने,–‘जिम्मेवारी कस्को थियो यसको खोजी गरिनुपर्छ जर्सी नपाएकै भन्दै एक घण्टा खेल ढिला शुरु भएको थियो ।’

‘५५ लाखको ठेक्कामा संसद बैठक जाने बाटोमा ग्राभेल गरियो कालोपत्रे हैन’ शाहीले प्रश्न गरे,–‘संसदमै पटक पटक राजधानी भित्रका सडक, नाली र कल्र्भड निर्माण गर्न माग गरेको थियो तर अवस्था उस्तै रह्यो किन ?’

राजधानीका भित्रका सडक, नाली र कल्र्भड निर्माणका लागि ६५ करोड माग गर्दा पनि सरकारले बजेट नदिनुको शाहीले जवाफ माग गरे । शाहीले नगरपालिका भित्रका सडक निर्माणको लागि ध्यानकर्षण गराइएको थियो, तर काम नभएकोमा आपत्ती जनाए ।

सडक नाली र कल्भर्डका लागि बजेट सिलिङ्ग दिँदा पनि सरकारले बजेट नदिएकाे शाहीले अापत्ती जनाए । आर्थिक वर्ष २०७४।०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय नहुनुको पनि कारण  शाहीले माग गरे ।

उनले माननीय मन्त्रीहरुले आफ्नो जिल्लामा रातो किताव नआउनु पूर्व मनलाग्दी रकम खचिएको आरोप लगाए । रातो किताब नआउँदा र मनलाग्दी खर्च गरेको रकमको स्पष्ट हिसाव नआउँदासम्म संसद बैठक सञ्चालन हुन नदिने भन्दै उठेर प्रतिपक्ष ददका सांसदहरुले विरोध जनाए ।

साभमुखले स्पष्६ जवाफ दिन लगाउने भन्दै बस्न प्रतिपक्ष दलका सांसदलाई पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले मानेन् । अन्तत सभामुखले अाधा घण्टाका लागि बैठक स्थगन गरे ।