☰ open Loading... 19 April 2024|  

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत नहुने
  | २५ जेष्ठ २०७५, शुक्रबार १२:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत नहुने भएको छ । प्रतिपक्ष दलका सांसदहरुले बिहिबारको बैठक अवरुद्ध गरेपछि कार्यसूची अनुसार हिजोकै केही विधेयकमाथि छलफल गर्नुपर्ने भएकाले आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत नहुने भएको हो ।


प्रतिपक्ष दलका सांसदहरुले बिहिबार कर्णाली रारा पर्यटन वर्षको खर्च, चालु आर्थिक वर्षको बजेटको रातो किताब लगायतका विषयमा जवाफ माग गरेर संसद अवरुद्ध गरेका थिए ।

सत्तापक्ष र प्रतिपक्षका संसदीय दलका नेता तथा मुख्यमन्त्री सहभागी बैठकमा संसद सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकिने बताएको छ ।

‘प्रतिपक्षले बिहिबार संसद अवरुद्ध गर्दा हिजोको कार्यसूचीले प्रवेश पाएको छैन’ सभामुख राजबहादुर शाहीले भने,–‘आजको बैठकमा नीति तथा कार्यक्रम पेश हुँदैन सम्भवत भोलीको बैठकमा पेश हुन्छ ।’

विपक्षी दलका नेता जीवनबहादुर शाहीले सरकारसंग माग गरिएको विषयमा स्पष्ट जवाफ दिने वचन दिएको बताए । हामीले राखेका मागको जवाफ र बिहिबारकै कार्यसूची तथा नीति कार्यक्रम एकैदिन ल्याउन नसकिने भन्दै शनिवार ल्याउन सुझाएको शाहीले जानकारी दिए ।

आज बस्ने संसद बैठकमा सरकारले जवाफ दिने भनेपछि बैठक सूचारु हुने शाहीको भनाई छ । अहिले १ बजे बस्न लागेको कार्य व्यवस्था समितिको बैठकमा सरकारले लिखित रुपमा रारा खर्च र रातो किताबको विषयमा लिखित जवाफ ल्याउन लागेको छ ।

अाजकाे संसद बैठकमा प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्ने कार्यतालिका थिथयाे । संसद बैठक आज दिउसो ३ बजे बस्दैछ ।