☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

सुर्खेतबाटै हिमाली जिल्लामा सिता एयरको उडान शुरु

  |

सुर्खेत । मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए संगै रोकिएको सुर्खेत सिमकोट हवाई यातायात शुक्रबारबाट सुुरु भएको छ । सीता एयरले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट नियमित फ्लाईट गर्ने पुर्ब योजना अनुसार उडान सुरु भए पछि सुर्खेत सिमकोट हवाई यातायात सुचारु भएको हो ।

यसबाट पर्यटन सिजन सुरु भए संगै रोकिदा सुर्खेतबाट सिमकोट आउने र सिमकोटबाट सुर्खेत जाने यात्रुहरुलाई सहज भएको छ । यस अघि दुबैतिरबा यात्रुहरुले नेपालगंज जानु पर्ने बाध्यता थियो ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र शाही सहितको एक टोलीलाई सीता एयरले उडान भएको सीता एयरका सिमकोट ईन्चार्ज छेपेल लामाले जानकारी दिए । सिमकोट बिमानस्थलमा संचारकर्मीसंग बोल्दै मुख्य मन्त्री शाहीले सडक संजालसंग नजोडिएको साबिकको कर्णाली अंचलमा हवाई यातायातलाई सहज बनाइने बताए ।

प्रदेश सरकारले पनि कर्णालीका हिमाली जिल्लाको यातायातलाई सहज बनाउनका लागि उच्च प्राथमिकतामा राखेको बताउदै अब कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट सबै एयरलाईन्सले नियमित उडान भर्ने बिस्वास ब्यक्त गरे ।

सडक यातायात नजोडिएका हुम्ला र डोल्पा जिल्लामा हवाई कम्पनीहरुले प्राथमिकतामा राख्ने र जनतालाई यात्रा गर्न सहज बनाउने मुख्य मन्त्री शाहीले बताए । गत जेठ १० गतेबाट समायोजनाका नाममा बढेको हुम्ला जिल्लाको हवाई भाडाका सम्बन्धमा पनि केन्द्र सरकारसंग कुराकानी गर्ने उनले जानकारी दिऐ । यस अघि मकालु एयरको एकल इन्जिनको जहाज ले उडान भर्दै आएको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५     8:37:56 PM
error: Content is protected !!