☰ open Loading... 25 April 2024|  

दैलेखमा यूएसए आईडीको कार्यक्रमः काम शुल्य, नाम बढी
  | १६ असार २०७५, शनिबार ११:४४

नौमुले (दैलेख), बाहिर राखेको बोड झट् हेर्दा नौमुले आउने जो कोहीलाई लाग्न सक्छ, पहल कार्यक्रमको ठुलो लगानी रैछ । राम्रो काम गरिरहेको रैछ तर, यहाँ प्रसंग बेल्लै छ । गाउँपालिकाको नौमुले बजारमा तरकारी संकलन केन्द्र रहेको भब्य भवन बाहिर यूएसए आईडीको सहयोगमा सञ्चालित पहल कार्यक्रम लेखिएको ठुलो अक्षरको बोर्डमै नाम लेखेको छ । त्यो बोर्ड हेर्नेहरुले पहल कार्यक्रममा कृषि संकलन केन्द्रलाई ठुलो सहयोग भएको भान हुन स्वाभाविक नै हो । तर, पहल कार्यक्रमले नाम देखीएको मुल्यसुची बोर्डसहित ढक, नापतौल र दराज मात्रै सहयोग गरेको तरकारी ब्यापारीहरु बताउँछन् । ४ वर्षदेखी नै यो भवनमा तरकारी संकलन गरेर चलाईएको भएपनि नापतौल मेशिन, दराज र मुल्यसुची बोर्ड करिव २० देखी २५ हजारको सामाग्री हस्तान्तरण गरेर बाहिर मुल्यसुचीमा कार्यक्रमले आफ्नो नाम लेखेरको तरकारी संकलन केन्द्रका ब्यापारी सुर्यबहादुर रोकाय बताउँछन् । नौमुले गाउँपालिकाको नौमुले बजारमा रहेको कृर्षि उपज केन्द्रको भवन स्याक नेपालले ५ वर्ष पहिले नै बनाएको हो ।

łथोरै मात्रमा सहयोग गरे झै गर्ने नाम ठुलो अक्षरमा लेख्ने यो कस्तो कार्यक्रम हो । स्थानीय नौमुले गाउँपालिका नौमुले बजारका युवा अशोक थापामगरले भने, ठुलो रकम खर्चेर एउटा संस्थाले भवन बनाउँछ तर, दराज र मुल्यसुची बार्ड दिएर अकै संस्थाको नाम राखिन्छ । स्थानीयका अनुसार त्यहाँ काम गरिरहेका किसानकै लगानी संकलन केन्द्रमा बढी छ । łकर्मचारीहरु आएर दराज, मुल्यसुची बोर्ड र नापतौल मेशिल दिएर जानु भो । नौमुले कृषि संकलन केन्द्रमा ब्यापार गरेका सुर्यबहादुर रोकायले भने, बाहिर रहेको मुल्य सुची बोर्डमा सहयोग गरेको भनेर पहिल्यै नै कार्यक्रमको नाम लेखिएको थियो । जो अहिले पनि छ । नौमुले गाउँपालिकाको २ वडा सहित दैलेखका भगवतीमाई गाउँपालिका र आठविस गाउँपालिको दुई दुई वडामा कृषि, स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन कार्यक्रम (पहल) ले काम गरिरहेको छ । दैलेखमा सेवक संस्थाले सामाजिक परिचानको काम गर्छ ।
मुल्यसुचीमा राखीएको त्यही नाम भज्जाएर फोटो खिचेर कर्मचारीले सुन्दर रिर्पोट पनि बनाएर दातृ निकायमा पेश गर्छन् । कार्यक्रकम सफल भएको भनेर दातृनिकायसंग वर्षेनी पैसापनि माग्छन् । कृर्षी उपजमा सामाग्री सहयोग खर्चभन्दा महगो अनुगमनमा हाकीमहरु सवार हुने गरेको नौमुलेका स्थानीयहरु बताउँछन् । दैलेखमा यसअघि यूएसए आईडीको किसान कार्यक्रममा पनि यस्तै समस्या देखिएको थियो । किसानलाई एक पत्तो विउ वितरण गरेकै नाममा बारीमा ठुलो अक्षरमा सहयोग किसान कार्यक्रम लेखेर डोनरकोमा फोटो पठाईने गरेको गुराँस गाउँपालिकाका अधिकाँस किसानहरु बताउँछन् ।

यो वर्ष मात्रै यूएसए आईडीकै पानी परियोजना कर्मचारी पाल्ने परियोजना भएको छ । पानी परियोजनाले जैविक विविधताहरुमा रिर्सज लगायत अन्र्तक्रियमै बजेट केन्द्रित गरेको छ । स्थानीय समुदायममा खर्च गरेको छैन् ।
लगानी कम गर्ने तर, नाम ठुलो अक्षरमा लेख्ने प्रवृती कार्यक्रमले गरेपछि अहिले नौमुले लगायत अन्य स्थानीय तहमा विरोध समेत हुन थालेको छ । नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढाले पहल कार्यक्रम कामभन्दा बढी हल्ला गर्ने कार्यक्रम भएको बताए । किसानभन्दा पनि कर्मचारीमा खर्च भएको कार्यक्रम समुदायमा प्रभावकारी नहुने अध्यक्ष बुढाको भनाई छ ।

त्यस्तै अमेरिकी जनताको सहयोगमा सञ्चालित कार्यक्रमहरु प्रभावहिन भएको भन्दै जिल्लामा विरोधका आवाजहरु उठ्न थालेको सामाजिक क्षेत्रमा लामो समय अनुभव भएका विशाल सुनारले बताए । łकार्यक्रमभन्दा पनि कर्मचारीमैत्री बजेट लिएर जिल्लामा कार्यक्रम आउने गरेको छ । सामाजिक क्षेत्रमा लामो समय अनुभव संगालेका सुनारले भने, काम शुल्य नाम बढी चाहिले आईएनजिओहरु जिल्लाभित्र रोकिनुपर्छ । कामभन्दा नाम बढी चाहिने भन्दै जनतासंग पैसा कम पुग्ने (प्रशासनिक खर्च) कर्मचारीमै पैसा बढी खर्चिएको आरोप यूएसए आईडीका प्राय कार्यक्रमलाई लाग्ने गरेको छ ।

कार्यक्रममाभन्दा कर्मचारीमा अलि बढी खर्च भएको स्विकार सेवक संस्थाका अध्यक्ष महारुप खत्रीले बताए । अहिले ६ वडाकामा १४ जना कर्मचारी कार्यरक्त छन् । łक्षेत्रगत रुपमा कार्यक्रम राम्रो भएपनि समुदायमा नपुग्ने भएकाले अनि नराम्रो देखीएको छ । अध्यक्ष महारुप खत्रीले नागरिकसंग भने, स्थानीय तहमा सिधै पैसा जाने भए, प्रभावकारी देखीने थियो । तर, जाँदैन् ।