☰ open Loading... 19 April 2024|  

पत्रकार गीताको सनसनीपूर्ण तीज गीत(भिडियोसहित)
  | १४ श्रावण २०७५, सोमबार ०८:२२

काठमाडौं । पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा विकृति भित्रिएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत ‘शिरै लाउनी शिरफुल मेरो’ बजारमा आएको छ ।

भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक केसी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ ।

पछिल्लो समय गायक सँगै म्युजिक भिडियो निर्देशनमा पनि जमेका मानसिंह खड्काकोे निर्देशन रहेको गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य देख्न सकिन्छ । गीत म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

सुर्खेत स्थायी घर भएकी पत्रकार थापाका यसअघि पनि केही गीत बजारमा आएका छन् । पहिलो गीत मात्र तिम्रो कारण र दोस्रोे गीत पूर्व अनि पश्चिम हुनाले लगायतका गीत बजारमा छन् । जुन गीत मध्य र सुदुरपश्चिममा अत्याधिक रुचाईएको थियो ।

पत्रकारिता सँगै गायन क्षेत्रमा पनि आफूलाई स्थापित बनाउन खोजिरहेकी थापालाई सफलता मिलोस शुभकामना । पत्रकार थापा राजधानी स्थीत क्यापिटल एफ.एममा कार्यरत छिन् ।