☰ open Loading... 29 March 2024|  

हट गीत सार्वजनिकपछि मौन प्रियंका, चर्चा प्रमोदको
  | २३ श्रावण २०७५, बुधबार ०७:२१

असोज १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’को एक गीतमा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरिविचको अन्तरंग दृश्य समावेश छ । यो गीतको भिडियो सार्वजनिक भएपछि नायिका कार्कीको चर्को आलोचना भयो । प्रियंका जस्ती चलेकी अभिनेत्रीले यस्तो सिन दिएको भन्दै दर्शक र चलचित्रकर्मीले नै उनको आलोचना गरे ।

कतिपयले त इन्गेजमेन्ट गरेपछि पि्रयंकाको यस्तो दृश्य आएको भन्दै आलोचना गरे । तर, यो आलोचनाको घेरामा कलाकार अग्रहरि भने खासै मुछिएनन् । सायद, प्रियंकाको जस्तो क्रेज अग्रहरिको नभएर पनि हुनसक्छ ।

तर, यो दृश्यसहितको भिडियो सार्वजनिक भएपछि पि्रयंका मौन छिन् भने अग्रहरिले मिडियामा आफूलाई खुलेरै प्रस्तुत गरेका छन् । प्रियंकाले एउटा कलाकार भैसकेपछि यस्ता दृश्य दिनु स्भाविक भएको भन्दै सामाजिक संजालबाट प्रतिक्रिया जनाइरहँदा अग्रहरि भने खुलेरै मिडियामा बोलिरहेका छन् ।

अग्रहरिले दिएको भिडियो इन्टरभ्यूले राम्रो भ्यूज पाएको छ । यही भएर पनि होला, यो बिषयमा अग्रहरि खुलेरै बोलिरहेका छन् । उनलाई नोटिस नै नगरेका दर्शकले पनि राम्रैसँग नोटिस गरेका छन् ।

अन्तरंग दृश्यका कारण यतिबेला अग्रहरि मिडियामा छाएका छन् । के यो दृश्यले प्रियंकालाई घाटा अग्रहरिलाई फाइदा भएको हो ?