☰ open Loading... 19 April 2024|  

कौमार्य पाउने नयाँ ट्रेन्ड, कहाँ र कसरी गराइन्छ ?
  | २३ श्रावण २०७५, बुधबार ०७:२५

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’

अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै गएको पुस्ताले ‘विवाहपछि मात्र यौन सम्पर्क गर्नुपर्छ’ भन्ने मान्यतालाई पुरातन धारणा ठान्ने गर्छ ।

तर, जब विवाहको तयारी हुन्छ । तिथिमिति तोकिन्छ । धेरै युवतीलाई सताउने एउटा प्रश्न हो, ‘मेरो कौमार्यबारे श्रीमान्ले प्रश्न उठाउने त होइन ?’

अक्सर के भनिन्छ भने, पहिलो यौन सम्पर्कमा महिला योनीद्वारबाट रगत बग्छ । रगत बगेका वा नबगेको कुराबाट नव-दुलहाले आफ्नी दुलहीको त्यसअघि कुनै पुरुषसँग शारीरिक सम्बन्ध भएको थियो वा थिएन भन्ने खुट्याउन सक्छन् भन्ने गरिन्छ । किनभने हाम्रो सामाजिक संस्कारले विवाहअघिको यौन सम्पर्कलाई ‘अनुचित’ मान्दै आएको छ ।

तर, चिकित्सकहरु के भन्छन् भने, महिलाको कौमार्य जाँच्ने वैज्ञानिक मापन होइन रगत बग्नु । यो पुरातन र अवैज्ञानिक धारणा हो ।

अर्कोतिर विवाहका लागि कुमारी बस्नैपर्छ भन्ने मान्यता पनि ध्वस्त हुँदैछ । यस्तै पृष्टभुमीमा नयाँ ट्रेन्ड देखा परेको छ, कुमारीत्व पाउने । अर्थात शारीरिक सम्पर्क गरिसकेकाहरु पुन कुमारी बन्ने यो ट्रेन्ड विश्वमा सुरु भइसकेको छ ।

योनीको शल्यक्रियाबाट पुन कुमारी बन्ने सिलसिलाले नयाँ पुस्तामा गहिरो प्रभाव पारिरहेको छ । खासगरी अन्तंरग पललाई रोमाञ्चक बनाउनका लागि यौनाङ्लाई आफ्नो रुची अनुरुप परिवर्तन गर्ने चलन बढेको हो ।

कुमारी बन्नका खातिर

जसरी शरीरका क्षतिग्रस्त अंगलाई पुन दुरुस्त बनाउन शल्यक्रिया गरिन्छ, ठीक उसैगरी कुमारीत्व भंग भइसकेको अवस्थामा योनीद्वारलाई पुन पहिलेकै अवस्थामा फर्काउनका लागि अहिले यस्ता शल्यक्रिया हुन थालेको छ । यसलाई भेजाइनोप्लाष्टी भनिन्छ । यौनाङ्गको सौन्दर्यका लागि पछिल्लो पुस्ताले यही विधी अपनाउने गरेको छ ।

के हो भेजाइनोप्लाष्टि ?

आखिर के हो त यो विधी ? कसरी यसको माग बढ्दै गएको छ ? कुन उमेरका महिलामा यो लोकपि्रय छ ? यसको सफलताको दर कस्तो छ ? यसको चुनौती वा खतरा के हो ?

यो एक जेनिटल रिकन्स्ट्रक्शन सर्जरी हो । अर्थात जननाङ्ग पुनर्निमाण सर्जरी । हुन त यसमा लिंग परिवर्तन पनि सामेल छ । तर, योनीलाई आफ्नो रुची अनुरुप परिवर्तन गर्ने विधी अलि फरक हो ।

चिकित्सकका अनुसार यो एक किसिमको रिकन्स्ट्रक्टिभ प्लाष्टिक सर्जरी हो ।

यसको उदेश्य भनेको योनीलाई नयाँ स्वरुपमा बदल्नु वा पुरानै स्वरुपमा निर्माण गर्नु हो । यसमा पनि धेरै थरीको सर्जरी हुन्छ, हाइमेनोप्लास्टी, लाबियाप्लास्टी, भेजाइनाप्लास्टी । योनीलाई आकर्षक बनाउने, योनीद्वारलाई कसिलो बनाउने आदि काम यस अन्र्तगत पर्छन् ।

चिकित्सकहरुका अनुसार वैंशालु उमेरका युवतीहरु यस्ता शल्यक्रियाको साहारा लिने गरेका छन् । साथै वयस्क महिलाहरु पनि यौनसुखका लागि योनीद्वार पुनर्निमाणका लागि आउने गरेका छन् ।

जोखिम कति ?

अहिले यो जीवनशैलीकै एक हिस्सा बनेको छ । तर, यस्तो गर्नु कति जोखिमपूर्ण छ ?

सन् २००७ मा योनी सम्बन्धित कुनैपनि किसिमको सर्जरीको नाम दिइयो, डिजाइनर भेजाइना । त्यसबेला अमेरिकन कलेज अफ ओबस्टेटि्रशियन एन्ड गाइनोकोलोजिस्टले यो बढ्दो ट्रेन्डको विरुद्ध चेतावनी दिएको थियो । अष्ट्रेलिन कलेज अफ गाइनोकोलोजिस्टले पनि यस ट्रेन्डको विरोध गरेको थियो । सन् २००९ मा बि्रटिश मेडिकल जर्नल र सन् २०१३ मा सोसाइटी अफ ओबस्टेट्रिशियन एन्ड गाइनोकोलोजिस्ट अफ क्यानडाले यसलाई गैर जरुरी कस्मेटिक सर्जरी बताएको थियो । साथै यस ट्रेन्डलाई रोक्नुपर्ने सुझाव दिएको थियो ।

तर, यस्ता चेतावनीको वावजुद यो क्रम रोकिएन बरु थप बढ्दै गयो ।

जोखिमको कुरा गर्ने हो भने, चिकित्सकहरुले यसलाई निकै जोखिमपूर्ण मानेका छन् । यसको साइड इफेक्ट पनि कम्ता छैन । कतिपय अवस्थामा रक्तश्राव रोक्नु निकै चुनौतीपूर्ण हुने गरेको पाइएको छ । त्यस्तै संक्रमणको भय पनि उच्च रहनेगर्छ ।

यस्तो शल्यक्रियामा एकदेखि तीन घण्टासम्मको समय लाग्ने गर्छ । यो कृतिम शैली महिला स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्सकहरुको भनाई छ । यसले राम्रो भन्दा बढी नराम्रो असर गर्ने उनीहरुले बताएका छन् ।

भारतका कतिपय अस्पताल तथा नर्सिङ होममा यस्तो सेवा लिन सकिन्छ । कोलकाताको अपोलो, आमरी, बेलभ्यु, कोलम्बिया एशिया अस्पताल, डिसान अस्पताल, चाणक्या अस्पताल जस्ता अस्पतालमा यस्तो शल्यक्रियाको सुविधा छ ।

यसका लागि कति खर्च चाहिन्छ त ?

यो भने नर्सिङहोम अर्थात अस्पतालमा निर्भर गर्छ । कुनैमा महंगो छ र कतिमा सस्तो पनि । सामान्यत यो शल्यक्रियाका लागि भारु ३५ देखि ५० हजारसम्म खर्च लाग्ने बताइन्छ । यो सर्जरीका लागि एकदेखि तीन घण्टासम्म लाग्ने गर्छ । दुई, तीन दिनसम्म शल्यक्रियाको असर शरीरमा रहन्छ । त्यसपछि यौन सम्पर्कका लागि भने दुई, चार हप्ता पर्खनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

विभिन्न कारणले विभिन्न उमेरका महिलाहरु यस्तो शल्यक्रिया गराइरहेका छन् । कतिले आफ्ना सेक्स पार्टनर एवं पतिको दवावमा यस्तो शल्यक्रिया गर्ने गरेका छन् । तर, यदि त्यसो हो भने यसमा सोच्नुपर्नेछ । किनभने अर्काको दवावमा आफ्नो प्राकृतिक शारीरिक संरचनालाई बदल्नु पक्कै राम्रो होइन ।