☰ open Loading... 20 April 2024|  

माधवीलाई ‘नाँच्ने बुढा चाहियो’
  | २४ श्रावण २०७५, बिहीबार १४:५७

सुर्खेत : कैलालीकी सर्जक तथा कलाकार माधवी घर्तीमगरले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीजलाई मध्यनजगर गर्दै विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको ‘नाँच्ने बुढा चाहियो’बोलको उक्त गीतमा गायिका माधवी घर्तीमगर र गोपालजङ्ग थापाको स्वर रहेको छ ।


तीजमा महिलाहरुले पारिवारिक पीडा र वेदनाहरु गीतमार्फत व्यक्त गर्ने गरिए पनि यो गीतमा श्रीमान् श्रीमतीबीचको सुमधुर सम्बन्धका बारेमा चर्चा गरिएको छ । ‘सासु बुहारी, जेठानी देउरानी, नन्द भाउजु तथा पोइली घरका पीडा व्यथाहरु अभिव्यक्त हुने तीज गीतमा लोग्ने स्वास्नीबीचको आत्मीयता झल्काइएको छ’ गायिका माधवीले भनिन्, ‘हरेक बर्षका तीजहरु दुःख पीडा अभिव्यक्त गर्ने भन्दा पनि खुशीयाली मनाउने उत्सवका रुपमा नारीले लिनु पर्छ भन्ने मेरो मान्यता हो ।’

गायिका माधवीकै शब्द तथा लय सिर्जनामा तयार भएको उक्त तीज गीतमा गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।माधवी, धिरज, अलिसा र कृष्णको अभिनय रहेको ‘नाच्ने बुढो चाहियो’ बोलको तीज भिडियोको अमृत सुनुवारले छायाङ्कन गरेका हुन्।मोहन सुनुवारको सम्पादन तथा मोहन श्रेष्ठको निर्देशनमा तयार भएको उक्त तीज भिडियोको कोरियोग्राफर क्रिषण लामाको रहेको छ।