☰ open Loading... 25 August 2019|   आइतवार, भदौ ८, २०७६

अस्पतालमा उपचार अभावमा मृत्यु

  |

जाजरकोट, उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।
जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन । मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ । उनको शव पाँच दिनदेखि अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ ।

रासस

प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५     3:48:09 PM
error: Content is protected !!