☰ open Loading... 20 April 2024|  

सुर्खेतमा पनि आयो पल्सर–१५० ट्वीन डिस्क, यस्तो छ परिर्वतन
  | २७ श्रावण २०७५, आईतवार १२:१६

सुर्खेत । बजाज पल्सर–१५० ट्वीन डिस्क बजारमा आएको छ । बजाजका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको आधिकारीक वितरक असिम अटाे पार्टसले उक्त नयाँ पल्सरलाई सुर्खेतमा पनि भित्र्याएकाे हाे ।

असिमले आइतबार एक कार्यक्रमकाे अायाेजना गरेर सुर्खेत उद्याेग बाणिज्य स‌ंघका महासचिव गाेपाल कृष्ण गिरी र जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक हरीबहादुर विसीले सार्वजनिक गरेका छन् । बजाज पल्सर–१५० ट्वीन डिस्कमा पुरानोको तुलनामा थुप्रै परिवर्तन गरिएको असिम अटाे पार्टसका सञ्चालक लक्ष्मण कंडेलले जानकारी दिए ।

कम्पनीकाअनुसार नयाँ बजाज पल्सर–१५० मा ड्यूल डिस्क ब्रेक दिइएको बताएका उनले बजाजले यस बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएको उल्लेख गरे । युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको पनि सञ्चालक कंडेल बताउँछन् ।

बजाज पल्सर–१५० ट्वीन डिस्कमा दुवै ह्वीलमा डिस्क ब्रेक राखिएको छ, तर यसमा एबीएस अफर भने दिइएको छैन । पल्सर १५० ट्वीन डिस्कको स्टाइलमा केही अपडेटहरू गरिएको छ । जुन स्टाइल पल्सर–१८० बाट प्रभावित रहेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ ।

बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

पल्सर–१५० को अगाडिको सस्पेन्सन पल्सर–१८० बाट प्रभावित छ भने, यो ३७ एमएम टेलिस्कोप युनिटमा रहेको सञ्चालक कंडेलले जनाए । यस बाइकमा स्वीङआर्म राखिएको छ, जुन पहिले पल्सर–१८० मा राखिएको थियो ।

स्वीङआर्म पहिलेकोभन्दा थोरै मोटो दिइएको छ भने यसले ह्वीलबेससमेत बढाएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । स्ट्यान्डर्ड पल्सर–१५० को रियर टायर–१०० एमएम थियो भने नयाँ ट्वीन डिस्क पल्सरमा १२९ एमएमको रियर टायर दिइएको छ । बाइमा मस्कुलर लूक राखिएको छ ।

पल्सर–१५० ट्वीन डिस्कको इञ्जिनमा भने परिवर्तन गरेको छैन । यस बाइकमा १४९ सीसी सिंगल सिलिन्डर इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ ।

असिम अटाे पार्टसका अनुसार पल्सर–१५० ट्वीन डिस्कमा अप्टिमाईजेशनकासाथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर–१५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सिंगल डिस्क ब्रेक भ्यारिएन्ट भने दुई लाख ४७ हजार ९०० रुपैयाँमा बिक्री–वितरण भइरहेको छ । बजाज पल्सर–१५० ट्वीन डिस्कले होन्डा सीबी युनिर्कन–१६० र टीभीएस अपाचे आरटीआर–१६० सँग प्रतिस्पर्धा गर्नेछ ।