☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

वर्ल्डलिंकको लोभलाग्दो इन्टरनेट शुल्क

  |

सुर्खेत । इन्टरनेट प्रयोगकर्ताका लागि हाल वजारमा रहेका इन्टरनेट प्रदायकहरुलाई चुनौति दिँदै प्रदायक वर्ल्डलिंक सरल शुल्कको अफर लिएर आक्रमक रुपमा आएको छ ।

 

नयाँ ग्राहक थप्ने र पुराना ग्राहकलाई भरपुर सन्तुष्टि दिन सक्ने अनुमान गरिएको वल्र्ड लिंकको यो अफर निकै लोभलाग्दो पनि किन छ भने यसले छ महिनाका लागि नेट टिभी हेर्ने दर्शक उपभोक्तालाई नेटटिभी खर्च र सेटअप वक्स निःशुल्क दिने जनाएको छ ।

तीन वटा मुख्य प्याकेजहरु रहेका छन् । जसमा २० एमवीपिएस अनलिमिटेड इन्टरनेटका लागि ८ हजार तीन सय रुपैयाँ, ३० एमबीपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमबीपिएस गतिको नेट चलाउनका १२ हजार ९ सय ५० रुपैयाँलागि अग्रीमरुपमा भुक्तानी गर्नुपर्ने वर्ल्डलिंक सुर्खेत शाखाका प्रवन्धक नवराज पंगालीले जानकारी  दिए ।

यो अफर भदौ महिनाभरि मात्रै लागु हुने पंगालीले बताए । अफर जम्बो, खर्च कम भो नारा सहितको यो योजनाबाट मोबाइलमा डाटा प्याक लिएर इन्टरनेट चलाउने प्रयोगकर्ताहरु पनि वर्ल्डलिंकको योजनाबाट लाभाम्बित हुने पंगालीकाे भनार्इ छ ।

वर्ल्डलिंकका सुर्खेतमा झण्ड तीनहजार दुइसय ग्राहक छन् । यी मध्य दुइ सय वायरलेस ग्राहक हुन् । फाइवर सेवाबाट इन्टरनेट वितरण गर्दै अाएकाे वर्ल्डलिंकले वीरेन्द्रनगरका ७० प्रतिशत क्षेत्रमा अाफ्नाे सेवा विस्तार गरिसकेकाे छ ।

प्रकाशित मितिः बुधबार, साउन ३०, २०७५     11:31:08 AM
error: Content is protected !!