☰ open Loading... 20 April 2024|  

जनमुखीकृषि सहकारीद्वारा विउ उत्पादन शुरु
  | ३१ श्रावण २०७५, बिहीबार १७:५२

सुर्खेत । वीरेन्द्रनगरमा रहेको जनमुखीकृषि तथा पशुपालन सहकारी संस्थाले बिउ उत्पादन शुरु गरेको छ । सुर्खेतसहित अन्य जिल्लाहरुमा विउको माग बढेसंगै संस्था मकैको बिउ उत्पादनमा शुरु गरेको हो ।


संस्थाको बार्षिक योजना तर्जुमा कार्यक्रममा संस्थाले बिउ उत्पानमा कसैले पनि चासो नदेखाएकाले संस्था एक्लैको प्रयासमा विउ उत्पादनमा जुटेको जानकारी दिएको छ ।

संस्थाले अहिले पहिलो चरणमा सुर्खेतको लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका विभिन्न वडामा मकैको विउ उत्पादन शुरु गरेको छ ।

सुर्खेतमा विउ उत्पादनको आबश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा मकै, धान गहुँ र तरकारीको विउ उत्पादन गर्ने लक्ष्य संस्थाको रहेको सचिब शेरबहादुर खड्काले जानकारी दिए ।

उनले खेतीको समयमा सुर्खेतमा विउको समस्या हुने गरेको भन्दै अब आफुहरुले विउ उत्पादन गरेर विउको स्टोर गर्ने बताए । किसानहरुले बाहिरबाट आयत गरेको बिउ महँगो मुल्यमा किन्न बाध्य भएकोले संस्थाले उत्पादन गरेको बिउ आफैले उपभोग गर्न पाउने उल्लेख गरे ।

संस्थाले यसै वर्षदेखी वीरेन्द्रनगर नगरपालिकासहित भेरीगंगा र लेकबेशी नगरपालिकाका विभिन्न क्षेत्रमा कृषि तथा पशुपालन सम्बन्धी काम गर्ने योजना बनाएको छ ।

संस्थाले अहिले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै किसानहरुको आयआर्जमा बृद्घि गर्ने कार्यक्रम पनि लागु गरेको छ । संस्थाले आगामी दिनमा कृषकहरुको आर्थिक शसक्तिकरणमा जोड दिने कार्यक्रमलाई प्राथामिकतामा राखेको संस्थाका अध्यक्ष बिन्द्रा थापाको जानकारी दिइन् ।