☰ open Loading... 20 April 2024|  

क्षेत्रीय अस्पतालमा आगलागी, १२ लाखको जेनेरेटरमा क्षती
  | ४ भाद्र २०७५, सोमबार १६:४२

सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । सोमबार दिउसो साढे तीन बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ ।


आगलागीबाट मानविय क्षती नभएपनि शव गृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट १२ लाखको जेनेरेटरमा क्षती भएको छ । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट भएर अागलागी भएकाे अाश‌ंका अस्पताल प्रशासनकाे छ ।