☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

बजाजको म्याक्सीमा–सी असिम अटाे पार्टसले सुर्खेत भित्रायाे, मुल्यसहित

  |

सुर्खेत । बजाज कम्पनीले बजाजको म्याक्सीमा–सी अटो रिक्सा बजारमा ल्याएको छ । बजाज कम्पनीको सुर्खेतस्थित आधिकारिक विक्रेता असिम अटो पार्टसले नयाँ मोडलको अटो रिक्सा सुर्खेतमा पनि भित्राएको हो ।


बजाजको थ्रि ह्वीलर पिक अप लोडर म्याक्सीमा–सी पेट्रोल भेरियन्टमा उपलव्ध रहेको असिम अटो पार्टसका सह–निर्देशक शोभा कंडेलले जानकारी दिइन् । उनका अनुसार यसमा २३६ सी.सी.को फोर स्ट्रोक डीटीएसआई इन्जिन छ ।

म्याक्सीमा–सीले ४५ हजार आरपीएममा १०.५ पीएस पावर र तीन हजार पाँचसय आरपीएममा १९ एन.एम.को टर्क उत्पादन गर्ने कंडेलको भनाई छ । उनले म्याक्सीमा–सी भित्रि शहरी क्षेत्र र साँघुरा गल्लीहरुमा समेत सञ्चालनको लागि उपयोगी हुने कम्पनीको दावी छ । नयाँ मोडलको आटोमा ढोका भएको विषेश क्याबिन र मोर्डन इन्स्टुमेन्ट कन्सोल दिएको कंडेलले जानकारी दिइन् ।

१२ लिटर पेट्रोल ट्याङ्की रहेको अटोमा व्हीलबेस २ हजार १२५ एमएम छ । एक पटकमा ५१५ किलोसम्म सामानहरु ओसार पसार गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ । यसको बजार मुल्य पाँच लाख ९९ हजार नौंसय छ ।

प्रकाशित मितिः सोमवार, भदौ ४, २०७५     5:31:10 PM
error: Content is protected !!