☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत तिम्रो रुपले ( भिडियोसहित)

  |

 सुर्खेत । जब संगीत प्रेमी बिच संगीतका विषयमा कुराकानी हुन्छ तेस्मा बहसको एउटा विषय हुन्छ आजकाल पुराना गीत संगीतको मिठासपन हिजोआजका गीत संगीतमा पाइदैन ।

धेरैले गुनासो गर्छ्न पहिला जस्तो सदाबहार गीत आजकाल बन्नै छाडे ।

जमाना परिवर्तन भैसक्यो तर संगीत सुन्नेहरु बिच पुराना गीतहरुको मोह उस्तै छ।

संगीतमा केहि गर्छु भन्ने जोश जागर भएका दुइ दाजु भाइ सम्राट र सौरभले पनि पुराना गीतलाई नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास गरे र बन्यो गीत तिम्रो रुपले ।

यस गीतमा स्वर र म्युजिक एरेन्जमेन्ट सम्राट् न्यौपानेको रहेको छ। गीतका शब्द बिकाश सापकोटाले लेख्नु भएको हो ।

सुमन श्रेष्ठले कोरियोग्राफी गर्नु भएको भिडियोमा सौरभ न्यौपाने र सुरक्षा पन्तको सुन्दर अभिनय हेर्न सकिन्छ ।

पवन सुसिल्ङले भिडियो खिच्नु भएको हो भने सौरभ न्यौपानेको कन्स्पेट र निर्देशनमा यो गीतको भिडियो तयार पारिएको हो।

प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०७५     6:33:13 PM
error: Content is protected !!