☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

फ्राेस गाडी र माेटरसाइकल ठाेक्कीदा गाउँपालिका अध्यक्ष र इन्जिनियर घाइते

  |

दैलेख । फ्रोस गाडी र मोटरसाइकल ठोक्किदा जुम्लाका एक गाउँपालिका अध्यक्ष र इन्जिनियर घाइते भएका छन् । सुर्खेत दैलेख सडक खण्डको दैलेखस्थित गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका हुन् ।


सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल र दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी ठोक्किएको पुष्टी प्रहरी चौकी रानिमत्ताका इन्चार्ज भिमबहादुर बस्नेतले गरेका छन् ।

उनका अनुसार दुर्घटनामा जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही र सोही गाउँपालिकामै कार्यरत इन्जिनियर ललित रावत घाइते भएका छन् ।

शाहीको अवस्था सामान्य भएपनि रावतको अवस्था गम्भीर रहेको इन्चार्ज बस्नेतले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सुर्खेत पठाइएको बस्नेतले जानकारी दिए ।

गलत दिशामा रहेको बाइकलाई फ्रोस गाडीले ठक्करदिँदा दुर्घटना भएको प्रहरीको भनाई छ । फ्रोस गाडी र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सम्पादक : हिमा गाउँपालिका जुम्लाका अध्यक्ष हुनु पर्नेमा अनेर्था भएकाले सच्याइएकाे छ ।

प्रकाशित मितिः बुधबार, भदौ ६, २०७५     1:52:46 PM
error: Content is protected !!