☰ open Loading... 20 April 2024|  

घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यू
  | १३ भाद्र २०७५, बुधबार ०७:३५

बुद्धिमान पुन
सल्यान । घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यू भएको छ । बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा सुतेका एउटै परिवारका ५ जनाको मृत्यू भएको हो ।

मंगलबार राती ९ बजे तीर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किदा एकैपरिवारका ६ जना मध्ये ५ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यू हुनेमा बुवाआमा सहित २ छोरी र १ छोराको रहेका छन् । मृत्यू हुनेमा ४० बर्षिय बुवा रामसिंह कामी, ३५ बर्षिय आमा राम कला कामी रहेका छन् । यस्तै छोरीद्धय ७ बर्षिय गगां बिक, ६ बर्षिय प्रमिला बिक र छोरा ४ बर्षिय रुपलाल बिक रहेको जिल्ला प्रहरी सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

घरको दलिन भाँचिदा परिवारसँगै सुतेकी रामसिंह कै अन्दाजी ११ बर्षिया सुनिता बिक घाईते भएकी छिन् । घटनाको बिषयमा थपअनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।