☰ open Loading... 25 April 2024|  

अमर ज्योतिले मनायो ५८ औँ बार्षिकोत्सव
  | १५ भाद्र २०७५, शुक्रबार १८:५८

सुर्खेत । अमरज्योति नमूना माध्यामिक विद्यालय नेवारेको ५८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमगरी शुक्रबार मनाइएको छ । दिवसका अवसरमा उत्कृष्ठ विद्यार्थी, शिक्षक कर्मचारी पुरस्कृत गर्नेदेखि विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।

कार्यक्रम प्रमुख अतिथिका रुपमा उपस्थित कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले विकासको पहिलो आधार शिक्षा भएकाले प्रदेश सरकारले शिक्षाको विकास लागि उचित निति बनाएर अगाडी बढ्ने बताए ।

उनले शिक्षा विकासका लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालयका अभिभावक समेत रहेका कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्का र ठम्मर बिष्टलाई विद्यालयले सम्मान गरेको छ ।

सम्मानपछि सांसद द्वय खड्का र बिष्टले अमरज्योतिले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै अन्य विद्यालयले पनि यहाँबाट सिक्नुपर्नेमा जोड दिए । त्यस्तै पूर्व विद्यार्थी समेत रहेका मध्यपश्चिमाञ्चल विश्व विद्यालय मानविकी तथा सामाजिक विज्ञान क्याम्पसका प्रमुख डा.आनन्द सुवेदीलाई विद्यावारीधीको उपाधि हाँसिल गरेकोमा सम्मान गरिएको छ ।

बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा उत्कृष्ठ, एस ईई परीक्षा र कक्षा १२ को परीक्षामा विद्यालयबाट सबैभन्दा बढी अंक ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

विद्यालयले शिक्षक दिपक बिष्ट र कृष्णा आलेलाई उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरेको छ भने कर्मचारी मध्यबाट सहयाक लेखापाल लक्ष्मी गौतम पुरस्कृत भएकी छन् ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षक एवं मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जीतबहादुर शाह लगायतले आफ्नो भनाई राखेका थिए ।

विद्यालयका तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राधानाध्यापक खगेन्द्र थापाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्ष समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले सबैको सहयोग गर्दा नै अमरज्योति अहिलेको स्थानमा पुगको बताउँदै आगामी दिनमा पनि सबैको सुझाव र सहयोगका आधारमा अझै उत्कृष्ट बन्दै जाने बताए ।

अक्षय कोष स्थापनादेखि रकम थपसम्म

विद्यालयको बार्षिकोत्सवका अवसरमा अक्षय कोष स्थापनादेखि विगतका स्थापना गरिएका अक्षयकोषमा रकम थप पनि गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय नगेन्द्रप्रसाद धमलाको नामबाट उनकी पत्नी मानकुमारी धमलाले १ लाख २५ हजारको अक्षय कोष स्थापना गरेकी छन् ।

यस्तै यसअघि १ लाख रुपैँयाको अक्षय कोष स्थापना गरेकी पूर्व विद्यार्थी जयन्ती थापाले २ लाख थप गरेकी छन् । २०५७ सालमा सोही विद्यालयबाट एस एलसी उत्र्तिर्ण विद्यार्थीहरुले आफ्नो अक्षय कोषमा ६० हजार थप गरेका छन् ।

यस्तै यसअघि नै स्थापना गरिएका अक्षय कोषहरुमा देविसरा सापकोटा ५० हजार, लोकप्रसाद ढकाल २५ हजार ५ सय २५ बालकुमारी कंडेल २१ हजार, शिवप्रसाद रेग्मी २५ हजार ४०, प्रेमलाल सापकोटा १६ हजार र गितादेवि भट्टाईले पाँच हजार पाँच सय पाँच थप रुपैँया थप गरेका छन् ।