☰ open Loading... 18 April 2024|  

प्रेस संगठन नेपालका केन्द्रीय सदस्य र प्रहरीका डिएसपीलाई दैलेखमा सम्मान
  | १७ भाद्र २०७५, आईतवार १६:२७

दैलेख । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता पनि बनेको प्रेस संगठन नेपालमा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय समिति सदस्य हुनुभएका पत्रकार गोविन्ददेव भारती र नविन रिजाललाई आइतवार दैलेख सदरमुकाममा बधाई तथा सम्मान गरिएको छ । रिपोर्टस क्लब दैलेखद्धारा आयोजित कार्यक्रममा केन्द्रिय सदस्यद्धय भारती र रिजाललाई बधाई तथा सम्मान गरिएको हो ।

दैलेखबाट प्रतिनीधित्व गर्दै प्रेस संगठन नेपालको केन्द्रिय सदस्य हुनुभएका गोविन्ददेव भारती भैरवी दैनिकको सम्पादक हुन् भने नविन रिजाल राष्ट्रिय समाचार समितिको संवाददाता हुन् ।

यसैविच सोहि कार्यक्रममा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भइ आउनु भएको प्रहरी नायव उपरिक्षक ९डिएसपी० ठाकुर प्रसाद पोखरेललाई स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा डिएसपी पोखरेलले जिल्लामा कार्यरत संचारकर्मीहरुसंग समन्वय र सहकार्य गरि काम गर्ने बताए । उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान तथा स्वागत गरिएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी, रिपोर्टस क्लब दैलेख शाखाका अध्यक्ष गोविन्द केसी, केन्द्रिय सदस्यद्वय गोविन्ददेव भारती, नविन रिजाल, पत्रकार अमर सुनार, पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष विष्णु शर्मा, राष्ट्रिय समाचार समितिका जिल्ला संवाददाता हिक्मत बहादुर नेपाली, रिपोर्टस क्लब दैलेख शाखाका उपाध्यक्ष अविशेक अनुराग, सचिव विशाल सुनार लगाएत सहभागि थिए ।