☰ open Loading... 19 April 2024|  

भेरी लिफ्टीङ्ग आयोजना यसैवर्ष शुरु हुन्छ : मन्त्री विना मगर
  | १८ भाद्र २०७५, सोमबार १९:३१

सुशील खड्का
बड्डीचाैर (सुर्खेत) । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्ट गर्ने अायोजना चालु आर्थिक वर्षबाट कार्यान्वयन हुने बताएकी छन् । बड्डीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको आयोजना उद्घाटन गर्न पुगेकी मन्त्रीले उपत्यकाबासीले सहज खानेपानी वितरण गर्न मन्त्रालय कटिवद्ध रहेको बताएकी हुन् ।

बड्डीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेकाे खानेपानी अायाेजनाकाे उद्घाटनपछि अवलाेकन गर्दै खानेपानी तथा सरसफाइ मन्त्री विना मगर । तस्वीर सुशील खड्का

आयोजनाका लागि मन्त्रालयले डिपिआर सकिएर बजेट छुट्टयाउने काम भइरहेको मन्त्री मगरले जानकारी दिइन् । उनले उपत्यकाको खानेपानी संकट केही वर्षमै अन्त्य हुने बताईन् । ‘कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबासीले झेल्नु परेकाे खानेपानी समस्या समाधान गर्न गम्भीर भएर लागेकाे छु’ मन्त्री मगरले भनिन्, ‘सहज रुपमा प्रदेश राजधानीबासीलार्इ स्वच्छ खानेपानी उपलव्ध गराउन मन्त्रालयले डिपिअार फायल अनुसार बजेटकाे व्यवस्था गर्दैछ ।’

उनले सुर्खेतमा चौकुने, विद्यापुर, सालकोट र तरंगा खानेपानी आयोजनाहरु सञ्चालन गर्न मातहतका निकायलाई डिपिआरका लागि अग्रहर हुन निर्देशन दिइन् ।

सरकारको लक्ष्य अनुसार नागरिकहरुलाई स्वच्छ खानेपानी पु¥याउने कार्यमा मन्त्रालय अग्रसर रहेको बताईन् । सुर्खेतमा रहेका खानेपानी र सफाईका क्षेत्रका समस्याहरुलाई एकिकृत गरेर लिएर आउन आग्रह गरेकी मन्त्री मगरले आवश्यकताका आधारमा सुर्खेती जनतालाई स्वच्छ खानेपानी पु¥याउनमा कुनै कञ्जुसाई नगर्ने बताईन् ।

‘डाडाँमा घर छ तर तल खोला बगिरहेको छौं’ मन्त्री मगरले भनिन्, ‘पानीकी लागि कयौं दिदी बहिनी घटौं हिड्नु पर्ने बाध्यताको महशुस आफूले गरेकाले यसको निराकण गर्न मन्त्रालय कटिवद्ध रहेको छ ।’ जनतालाई खानेपानीको आवश्यकता पूरा गरेर विश्व बजारमा नेपाली पानी विक्री गर्ने उदेश्यमा उद्धत भएको उनको भनाई थियो ।

कर र सरकारलाई आलोचना भइरहेका विषयमा ईंकित गर्दै मन्त्री मगरले प्रश्न र हावादारीमा उडिरहेकाहरुको पछि नलाग्न आग्रह गरिन् । केही व्यक्तिहरुले ठूलो स्वरमा आवाज घन्काएर सरकारको धज्जी उडान खोज्दैछन्’ मन्त्री मगरले भनिन्, ‘विग्रिएको घर मर्मत सम्भार गर्दै अघि बढिरहेकाले जनताका अपेक्षाअनुसार काम यहीँ सरकारले गर्छ विचलित नहुनुहोस् ।’

सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद नवराज रावतले पश्चिम सुर्खेतमा खानेपानी समस्या विकराल बनेकाले यसतर्फ गम्भीर भइदिन मन्त्री मगरलाई आग्रह गरेका थिए ।

उनले अफ्नो तहबाट कामहरु पनि गरिरहेको बताए । प्रदेश सांसद विदमान विष्ट र यज्ञबहादुर विसीले उर्भर भूमिको थलो पश्चिम सुर्खेतहुँदा पनि खानेपानी समस्याले नागरिकहरुले सास्ती झेल्नु परेको बताए ।