☰ open Loading... 19 October 2019|   शनिबार, कार्तिक २, २०७६

मोटरसाईकल जुध्दा तीन घाइते, एककाे अवस्था गम्भीर

  |

सुर्खेत । रत्न राजामार्गको मंगलगढी–धुलियाविट सडक खण्डको कर्मचारी सञ्चय कोष नजिकै मोटरसाईकल जुध्दा तीन जना घाइते भएका छन् । भे ३ प २०८८ र भे ८ प ३१३८ नम्बरको मोटरसाईकल ठोक्कीदा उनीहरु घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


दुर्घटनामा परेर घाइते हुनेमा भे ८ प ३१३८ नम्बरको मोटरसाइकल चालक वीरेन्द्रनगर–३ मसुरीखेतका विक्रम शाही र भे ३ प २०८८ नम्बरका चालक जुम्ला सिँजा घर भए हाल वीरेन्द्रनगर–३ तातापानी बस्ने मनाजे प्याकुरेल छन् । अर्का एक मोटरसाईकल पछाडी सवारको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

प्याकुरेलको अवस्था गम्भीर रहेको र उनीहरुको माया नर्सिङ्ग होममा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तस्वीर साैजन्य कपिल खड्का

प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५     2:32:14 PM
error: Content is protected !!