☰ open Loading... 19 April 2024|  

क्षेत्रीय अस्पताललार्इ नै टिचिङ्ग अस्पताल बनाउने तयारी
  | २१ भाद्र २०७५, बिहीबार ०७:२१

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्यपश्चिमाञ्च क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लामा यसअघि टिचिङ्ग अस्पताल बनाउने योजनालाई अब प्रदेश सरकारमा एउटा टिचिङ्ग अस्पताल बनाउनु पर्ने भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल बनाउने तयारी थालेको हो ।


टिचिङ्ग अस्पताल बनाउन ३ सय शैयाका अस्पताल आवश्यकता पर्ने हुदाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार तयार भएको भए पनि जुम्लामा बिरामीको चाप कम भएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ्ग अस्पताल रुपमा विकास गर्न थालिएको बताइएको छ ।

मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा टिचिङ्ग अस्पतालका ३ सय शैयाको अस्पताल नभएकोले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्नका लागि ३ सय ५० शैयाको अस्पताल बनाउन प्रदेश सरकारले तयारी थालेको र सुर्खेतमा नै स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षा अध्ययन प्रमुख प्रा.डा.धर्मराज श्रेष्ठले बताए ।

‘एमबिबिएस पढाई हुनका लागि ३ सय शैयाको अस्पतालमा ६० प्रतिशत बेडमा बिरामी हुनुपर्छ । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका त्यो नभएको हुदाँ सुर्खेतमा अस्पतालमा टिचिङ्ग अस्पतालका रुपमा विकास गर्न लागिएको हो’ उनले भने ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्षेत्रीय अस्पताल सुर्खेतका रहेका स्वास्थ्य प्रमुख, बिषेशज्ञ डाक्टर, अन्य कर्मचारीका मिलानका लागि यसै आर्थिक बर्षमा एमयुको काम पुरा हुने र अर्को आर्थिक बर्षमा नै टिचिङ्ग अस्पतालका रुपमा विकास गरेर एमबिबिएस पढाई शुरु गर्न थालिने शिक्षा अध्ययन प्रमुख प्रा. डा.श्रेष्ठले बताए ।

कर्णाली प्रदेशका ६ जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाई गर्ने तयारी थालेको छ । कर्णाली प्रदेशका रुकुम चौरजहारी, मुगुको गमगढी, जाजरकोटको खलङ्गा, कालिकोटको मान्म, जुम्लाको चन्दननाथ र सुर्खेतका वीरेन्द्रनगरमा पढाउने तयारी थालेको हो ।

एचए. अनमी, ल्याव असिस्टेन्ट र फार्मेसी पढाउनका लागि ५० शैयाको अस्पताल आवश्यक पर्ने भएको र त्यसको लागि कर्णाली प्रदेशका ६ जिल्लामा यसको तयारी पुरा भएका कारणले यसै आर्थिक बर्षमा पढाई शुरु हुने प्रतिष्ठानका शिक्षा अध्यायन शाखाका प्रमुख प्रा.डा. श्रेष्ठले बताए ।