☰ open Loading... 25 April 2024|  

विप्लपको मुटुमा प्वाल विंग्सद्धारा सहयोगको अपिल
  | २२ भाद्र २०७५, शुक्रबार ०९:४९

सुर्खेत । आर्थिक अभावका कारण उपचारबाट वञ्चित मुटुमा प्वाल भएका मंगलसेन १३ अछामका एक वर्षीया विप्लप धामीले अब उपचार पाउने भएका छन । आर्थिक अभावले उपचारमा समस्या भएका धामीको उपचारमा विंग्स फाउन्डेसन सुर्खेतमार्फत सहयोग जुटने भएको छ ।


नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा चपाई र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतले सहयोग संकलन गरुी धामीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन ।

विंग्सका क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैंले केहि र सामाजिक सञ्जाल मार्फत सहयोग संकलन गर्ने बताएका छन । फाउण्डेसनले उपचारका लागि आवश्यक रकम संकलन गर्ने भएको छ ।

उपचारमा लाग्ने सबै रकम जुटाउने गरी अघि बढेको अहेब चपाईको भनाई छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा विप्लवको उपचार हुन नसकेको थाहा पाएपछि आफूहरुले सहयोग संकलन गर्न जुटेको चपाईको भनाइ छ ।

फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका संञ्चालक तथा वालरोग विषेशज्ञ डा. नवराज केसीले पनि विप्लपको जीवन रक्षाका लागि सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको छ ।

डा. केसीका अनुसार, विप्लबलाई जन्मँदा देखि नै मुटुमा प्वाल परि जटिल प्रकारको समस्या भएको छ । मुुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया नभए ज्यान जाने उच्च जोखिम हुन्छ ।

सरकारले मुटु रोगको उपचार निःशुल्क गर्ने भए पनि अन्य खर्च समेत व्यहोर्न सक्ने अवस्था नभएकाले छोराको उपचार पाउन नसकेको विप्लपकी आमा भावना न्यौपानको भनाई छ ।

‘उपचारका लागि दुइ लाख लाग्छ रे ।’ उनले भनिन, ‘बिहान साँझ छाक कसरी टार्ने चिन्ता हुन्छ, उपचार गर्न दुई लाख पैसा कहाँबाट ल्याउने ।’ हाल सुर्खेतको पञ्चपुरी नगरपालिका ७ छाप्रे स्थित माईति घर बस्दै आएकि न्यौपानेका श्रीमान अमर धामी मजदुरिका लागी काठमाण्डौँ गएका छन ।

बिगत ८ महिना देखि उक्त समस्याबाट पीडित विप्लवको उपचारका लागि बस्नेत र चपाइले विंग्स फाउण्डेशन सँगको समन्व्यमा ‘विप्लव बचाऔं’ अभियान नै सञ्चालन गर्ने भएका छन । सोही अभियानका क्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक सहयोग जुटाएर विप्लवको उपचार हुने उनिहरुको विश्वास छ ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उनको आउँदो कातिक १२ गते शल्यक्रिया हुने भएको छ । विंग्स फाउण्डेशनकै सयोगमा गंगालाल पुगेर विप्लबको स्वास्थ्य परीक्षण गराइएको थियो ।

अस्पतालले आउँदो कातिक १२ गते उनको मुटुको शल्यक्रिया गर्ने मिति तय गरेको अहेब चपाईले जानकारी दिइन । सहयोगको भावना भएकाहरुले ९८२४५८६२७८ र ९८१५५७९४०४ मा सम्पर्क गरि सहयोग संकलनमा टेवा पुर्याउनुहुन फाउण्डेसनका प्रमुख डा. केसीले आशा ब्यक्त गरे ।