☰ open Loading... 24 June 2019|   सोमवार, असार ९, २०७६

पेटमा गडबडी, शरीरमा अनेक रोगको भण्डार

  |

खानपान नमिल्दा सामान्यत पेटमा गडबडी हुन्छ । तर, लगातार पेटमा समस्या हुनु सामान्य होइन । यसले शरीरमा विभिन्न रोगको संकेत गर्छ ।

त्यसो त पेट नै त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ । जब पेट खराब छ भने, खाएको खानेकुरा पचाउन सकिदैन । खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । कमजोर पाचन तन्त्रको कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अनियमित हुनपुग्छ ।

पेट गडबड हुने, दुख्ने, दिसामा समस्या हुने, कब्जियत हुने, पखला लाग्ने जस्ता अनेक किसिमको समस्या देखापर्छ । जबकी पेट सफा र स्वस्थ छ भने शरीर निरोगी हुन्छ । शरीरमा स्फूर्ति आउँछ । त्यसैले पेटको समस्यालाई नजरअन्दाज गर्न हुँदैन ।

किन हुन्छ पेटको समस्या ?

शारीरिक रुपले सक्रिय नहुनु, नियमित समयमा खाना नखानु, मोटोपन, गर्भावस्थामा यस्तो समस्या हुनसक्छ । साथै मसलेदार खानेकुरा, जुस, सस, अमिलो फल, लसुन, गोलभेडा आधि अधिक मात्रामा सेवन गर्दा पनि यो समस्या देखिन्छ ।

धुमपानको सेवन, तनावको अवस्था स्क्लेरोडर्माका साथ केही यस्तै औषधी एस्पि्रन, निन्द्राको औषधी, पेन किलर आदिको सेवनले पनि यस्तो समस्या निम्तन्छ ।

कब्जियतको समस्या

कब्जियतले शरीरमा अन्य रोगहरु पनि पैदा गर्छ । ठूलो आन्द्राबाट मल निकाल्नमा कठिनाइ हुनु नै कब्जियत हुनु हो । यो समस्या जटिल बन्दै गएपछि ठूलो आन्द्रामा अवरोध पुर्‍याउँछ, जुन निकै घातक हुनसक्छ ।

कब्जियत एक लक्षण हो, जसको केही कारण हुनसक्छ । जस्तो खानपानको गलत बानी, हर्मोन सम्बन्धी गडबडी, कुनै औषधीको साइड इफेक्ट आदि । लगातार तीन महिनासम्म कब्जियतको अवस्था रहेमा त्यसलाई इरिटेबल बाउल सिन्ड्रोम भनिन्छ ।

पेट फुल्नु

पेट फुल्नुको केही कारण हुनसक्छ । ग्याष्ट्रिक, आन्द्राको क्यान्सर, हर्निया । धेरै वोसोयुक्त खानेकुरा सेवन गर्दा, लामो समय खाली पेट बस्दा पनि पेट फुल्न सक्छ । कहिले काहिँ गर्मी मौसम र शारीरिक निस्त्रिmयताले पनि पेट फुल्छ ।

पेटको हेरचाह गर्ने 

पेटलाई सक्रिय राख्नका लागि खानपान र व्यायाम निकै उपयोगी माध्याम हुन् । फाइबरयुक्त खानेकुराले पेट सफा बनाउँछ । त्यस्तै शारीरिक सक्रियताले पनि पेट बलियो र सफा राख्न मद्दत गर्छ ।

– भोजन वा  तातो पानीले नुहाएपछि दिनमा २/३ पटक सम्म शौचालय जानु पर्ने हुदाँ शौचालयको लाथि निश्चित समय छुट्याउने ।

-शौच गर्न १५ देखि २० मिनेट लाग्ने हुदाँ धैर्य राख्ने ।

-शौच गर्दा समस्या नहोस् भन्नका लागि पेटलाई विस्तारै मुसार्ने ।

-पेट सम्बन्धि कुनै किसिमको गडबडी महसुस भएमा तुरुन्तै शौचालयको उपयोग गर्ने ।

शौच गर्नमै समस्या भएमा यी उपायहरु अपनाउने

-मलद्वार लचिलो बनाउन तेल, पेट्रोलियम जेली वा के वाई जेलको प्रयोग गर्ने ।

-शौचका क्रममा केही मललाई हातले समेत हटाउनु पर्ने वा हात हालेर निकाल्नु पर्ने भएकोले विशेष सावधानी अपनाउने ।

-शौचका क्रममा मल कडा भएमा एनिमा, स्टुल सार्पनर वा रेचकको उपयोग गर्नु पर्ने हुनसक्छ । तर कहिलेकाही एनिमा तथा स्टुल सार्पनरको प्रयोगले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने हुदाँ यस्ता औषधीको उपयोग गर्नु पूर्व डाकटरसित परामर्श गर्ने ।

-शौच नियमित भएमा विस्तारै यस्ता औषधी सेवन गर्न कम गर्दै जाने ।

तर , कहिलेकाही विभिन्न विधिका वावजुद पेटको गडबडी जस्ताको तस्तै हुन्छ । जबकी, पेटलाई स्वस्थ राख्न सकेमा नै  शौचलाई नियन्त्रित गर्न सकिन्छ । त्यसैले, यस्ता संकेतबारे जानकारी हासिल गरेर पनि शौचलाई नियन्त्रण गर्न सकिन्छ ।

आन्द्रामा नियन्त्रण नभएमा आफैलाई यस्ता सवाल गर्ने ?

-मैले के खाएको थिए वा पिएको थिए ?

-के मैले खानासम्बन्धि नियम पालना गरिरहेको छु ?

अन्य सुझाव

-सदैव साथमा एउटा प्यान वा शौचालय नजिकै बस्ने प्रयास गर्ने ।

-खाना खाने वित्तिकै शौचालयमा कम्तीमा २० देखि ३० मिनेट बस्ने प्रयत्न गर्ने ।

-बाथरुम छेउ बस्दा ग्लिसरीन सपोसिटरी वा ड्युलक्लैक्सको प्रयोग गर्ने ।

-दूध, फलफूल, गेडागुडी लगायत आन्द्रालाई उत्तेजित वा प्रभावित पार्ने खानेकुराबाट खानबाट बच्ने ।

लामो समयसम्म पनि पेटको दुखाई ठिक नभएमा, दिशामा रगत देखिएमा, आन्द्राको देखभालमा धेरै खर्च भएमा, पेट धेरै फुलेमा भने चिकित्सकसँग परामर्श गर्नैपर्छ ।

प्रकाशित मितिः आइतवार, भदौ २४, २०७५     7:45:50 PM
error: Content is protected !!