☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

‘प्रदेशकै नमुना यातायात बनाउन हिल्सा प्रा.लि. खोलेका हौं’

  |

सुर्खेत । कर्णाली प्रदेशमै नमुना यातायात बनाउन हिल्सा पब्लिक यातायात खोलिएका प्रा.लि.का सचिव जीवनकुमार शर्माले बताएका छन् । केही दिन अघि मात्रै हिल्सा यातायात सञ्चालनमा ल्याएका शर्माले यातायातलाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन नयाँ प्रा.लि. सञ्चालन गरेर यात्रुहरुलाई सेवा दिन थालेको बताएका हुन् ।


२०६३ सालदेखी यातायात क्षेत्रमा होमिएका शर्माले त्यहीँ सिप तथा अनुभवलाई व्यवहारत् लागु गर्न नयाँ प्रा.लि. सञ्चालनमा ल्याएको उल्लेख गरे । ‘प्रदेशका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले बस सेवा शुरु गरेका हौं’ शर्माले भने, ‘कसैलाई काखा र पाखा नगरेर २ करोड शेयर सदस्यबाट प्रा.लि.को थालनी गरेका हौं ।’

काठमाडौं रात्रीकालिन सेवा सञ्चालन शुरु गरेकाले यात्रुहरुको चाहना अनुसारका गाडीहरु थप्दै जाने उनको भनाई छ । प्रा.लि.ले पाँच गाडी दैलेखबाट छुटाउने गरी डिलक्स सेवा शुरु गर्न लागेको छ ।

‘थप नयाँ ४० गाडी आउँदैछन्’ शर्माले भने, ‘अहिले प्रदेश भित्रका जिल्ला र अन्तर प्रदेशका जिल्लाहरुमा गाडीहरु छुटाउन काउन्टर स्थापनाको क्रममा छौं । केही दिनमा नियमित यातायात सेवा सञ्चालन हुनेछ ।’

स्वरोजगार दिन सुमित अटो सञ्चालन हुँदै

वेरोजगार युवाहरुलाई स्वरोजगार दिने उदेश्यले हिमाल दिप सुमित अटो प्रा.लि. सञ्चालन गर्न लागेको शर्माले बताए । रेना गाडी (ट्याक्सी) सञ्चालनको अन्तिम तयारीमा रहेको बताएका उनले वीरेन्द्रनगरमा केही दिनमै ट्याक्सी सेवा शुरु हुने बताए ।

‘शुरुमा १० ओटा ट्याक्सी सञ्चालनमा ल्याउँछौं’ शर्माले भने, ‘३० ओटा गाडी बैंकिङ्ग प्रक्रियामा रहेको छन् । यो प्रा.लि.को लागत ६ करोड छ ।’

प्रकाशित मितिः मङ्लबार, भदौ २६, २०७५     8:25:46 PM
error: Content is protected !!