☰ open Loading... 29 March 2024|  

‘अपराध हुन नदिन समाज पनि चनाखो हुनुपर्छ’
  | २७ भाद्र २०७५, बुधबार ०७:३९

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कायम भएसंगै जनघनत्वमा पनि बढ्दो क्रममा छ । सुर्खेत आत्महत्या, घरेलु हिंसा, जुवातास, डकैती, बलात्कार, हत्या, गुण्डागर्दी जस्ता घटनाहरुदेखी अछुत छैन् । यति मात्रै हैन सुर्खेतमा सडक दुर्घटना, अव्यवस्थित पार्किङ्ग जस्ता विविध समस्याहरु पनि छन् । तीजसंगै ठूला पर्वको आगमन शुरु हुँदैछ । समग्र जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीका योजनाहरु के छन् त ? यीनै विविध विषयमा रहेर जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेसंग पश्चिमनेपाल डटकमका लागि सुशील खड्काले गरेको कुराकानीका सम्पादित अंश ः–

सुर्खेत जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी भर्खरै मात्र सम्हाल्नु भएको छ । सुर्खेतमा कस्ता कस्ता समस्याहरु पाउनुभयो ?
मैले सुर्खेत जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी सम्हाले यता यहाँका सवै पक्षसंग समस्याहरु बारे जानकारी लिने काम गरे । जिल्ला स्थित सबै सरोकारवाला निकायसंग प्रत्यक्ष रुपमा भेटघाट गरेरै जिल्लाको समग्र सुरक्षा चुनौती बारे बुझिसकेको छु । समस्या पहिचान मात्रै गर्ने हैन कि कार्यान्वयन पनि उत्तिकै अडिक भएर लागिराखेको छु । यहाँका मुख्य समस्या भनेको लागु औषध, घरेलु हिंसा, बलात्कार, बालविवाह, बहुविवाह, आत्महत्या जस्ता लगायत छन् । यी मुद्दाहरुलाई न्युनिकरण गर्न जनचेतनाको आवश्यकता पनि छ । समाधानको उपायसंगै योजनाहरु कार्यान्वयमा कटिवद्ध भएर अघि बढेको छु ।

सुर्खेतलाई राम्रो बनाउने दायित्व प्रहरीको मात्रै हैन, तपाईँ हामी सबैको यसमा साथ आवश्यक छ । अपराधिक गतिविधि रोक्न हामीले नयाँ योजना अघि सरेका छौं । त्यो भनेको जनताहरुबाट बढीभन्दा बढी जानकारी लिने र अपराध रोक्न सुरक्षालाई प्रभावकारी बनाउने हो ।

प्रदेश राजधानीमा जनघनत्व बढ्दो क्रममा छ, यसले सुरक्षा चुनौती पनि त बढेको होला । समग्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने तपाइँका योजनाहरु के के हुन् ?
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर कायम भएसंगै जनघनत्व स्वभाविक रुपमा बढ्छ । राजधानी भएपछि विभिन्न किसिमका व्यक्तिहरुको चापसंगै अपराध पनि मौलाइरहेको हुन्छ । उपत्यकाको ट्राफिक व्यवस्थापनालाई तिव्रता दिएका छौं । एक वर्षमा कसरी काम गर्ने भन्ने विषयमा योजना बनाइ सकिएको छ । त्यसलाई प्रभावकारी कार्यान्वयमा हामी जुटेका छौं । प्रहरीले मात्रै यहाँका समस्या समाधान गर्न सक्दैन तसर्थ सबै पक्षको उत्तिकै साथ आवश्यक पर्छ । हामीले प्रभावकारी सुरक्षा व्यवस्था गर्न स्थानीय प्रशासन, स्थानीय तहसंगै पुगेर जनतासंग समन्वय गरेर अघि बढिरहेका छौं ।

सुर्खेतलाई राम्रो बनाउने दायित्व प्रहरीको मात्रै हैन, तपाईँ हामी सबैको यसमा साथ आवश्यक छ । अपराधिक गतिविधि रोक्न हामीले नयाँ योजना अघि सरेका छौं । त्यो भनेको जनताहरुबाट बढीभन्दा बढी जानकारी लिने र अपराध रोक्न सुरक्षालाई प्रभावकारी बनाउने हो । जनतासंगै रहेर मासिक रुपमा कम्तिमा चार पटक सार्वजनिक सुनुवाई गर्ने, टोल–टोलमा अपराधिक घटनाहरु न्युनिकरण गर्न कार्यक्रम गर्ने, सहयोग गर्ने निकायसंग समन्वय गर्ने कार्यलाई तिव्रता दिने क्रम जारी छ । यो संगै सुरक्षालाई मजबुत बनाउन नियमित गस्ती, पेट्रोलिङ्ग गस्ती, मुख्य चौकहरुमा प्रहरी तैनाथ, सादा पोशाकका प्रहरीहरु पनि परिचालन गरेर सुरक्षा व्यवस्था कडासंगै थप अपराधिक मनसाय भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिरहेका छौं ।

सुर्खेतमा सडक दुर्घटना, अव्यवस्थित पार्किङ जस्ता समस्याहरु पनि छन् त्यस्ता समस्याहरुलाई समाधान गर्न प्रहरीले कस्तो योजना बनाएको छ ?
प्रहरीले रोडम्पाप बाहेक आकस्मिक हुने घटनाहरुलाई रोक्न पनि खटिएकै हुन्छ । हामीले सुरक्षित सुर्खेत बनाउन एक्शन प्लान बनाएका छौं । सडक दुर्घटना रोक्न मातहतका प्रहरी चौकीहरुलाई निर्देशन दिएका छौं । ट्राफिक प्रहरीले तयार गरेको सवारी दुर्घटना रोक्न बनाएको योजना कार्यान्वयमा तिव्रता दिएका छौं । योसंगै ट्राफिक जनचेतना जगाउन विभिन्न कार्यक्रमहरु पनि सञ्चालनमा जोड दिएकै छौं ।

सवारी दुर्घटनाबाट मानविय क्षती हुनुभन्दा हुनै नदिन सबै नागरिकलाई सचेत भएर यात्रा गर्दिन आग्रह गर्दछु । वीरेन्द्रनगरको पार्किङ्ग समस्या बारेमा नगरपालिकासंग समन्वय भइरहेको छ । कम्तीमा बजार क्षेत्रमा पार्किङ्ग क्षेत्र छुट्याएमा बजार क्षेत्रमा हुन सक्ने दुर्घटना रोक्न सकिन्छ । योसंगै हामीले सबै स्थानीय तहमा सुरक्षा व्यवस्था कसरी व्यवस्थित बनाउने र घटना भएमा त्यसको अनुसन्धान कसरी गर्ने भन्ने विषयमा प्रहरीलाई प्रशिक्षण दिइरहेका छौं । प्रहरीको कार्य सम्पादनका आधारमा पुरस्कृत र अटेरीलाई कारवाही पनि गर्ने छौं । सुर्खेतलाई सुरक्षित बनाउन यहाँका युवाहरु प्रहरीसंगै हात्तेमालो गरेर अघि बढ्नु भएको छ । जुन सकरात्मक पक्ष हो ।

आउदै गरेको दशैं, तिहार र छठ पर्व लक्षित हामीले विशेष सुरक्षा रणनीति तयार गरेका छौं । पर्वमा हुने जुवातास, चोरी, डकैती, हत्या जस्ता घटना हुन नदिन हामीले सुक्ष्म अध्ययन गरेर सुरक्षालाई प्रभावकारी बनाइ सकेका छौं ।

आज तीज हो विस्तारै ठूला पर्वहरु पनि भित्रदै छन् यहाँका नागरिकहरुलाई सुरक्षा प्रत्याभूति गराउन कसरी अघि बढ्नु भएको छ ?
तीजमा मात्रै हैन हामीले हरेक पर्व र अन्य समयमा पनि सुरक्षालाई प्रभावकारी बनाइरहेकै छौं । नागरिकहरुको बाग्लो उपस्थित हुने ठाउँमा स्वभाविकै रुपमा प्रहरीहरु बढी परिचालन गरेका छौं । तर कम्तीमा समस्या भएमा जनस्तरबाट खवर पनि आउनुपर्छ । सुर्खेतमा जनस्तरबाट सूचना नै नआउने समस्या बढी पाएको छु । कम्तीमा नागरिकहरुले यो ठाउँमा यस्तो समस्या छ भनेर खवर गरेमा प्रहरीले त्यसको समाधान गर्नमा अग्रसर हुन्छ । त्यसले सुरक्षा प्रभावकारी बन्छ । तीजलाई लक्षित गरेर सादा पोशाक, बर्दिसहितका प्रहरी, गाडी गस्ती र म आफै छड्के अनुगमनमा खटिएको छु । यदि ठूलो समस्या आएमा तत्काल प्रहरी परिचालन गर्न रिजर्भ प्रहरी पनि तयारी अवस्थामा राखेका छौं ।

आज तीज हो । महिला दिदीवहिनीहरुलाई मेरो आग्रह गहना लगाएर नहिड्नुहोस् । राती दश बजेपछि छोरी चेलीलाई घरबाहिर नपठाउनुहोस् । बाहिर जानै परे आफ्नो सुरक्षामा असुरक्षित महशुस गरे प्रहरीको सहयोग माग्न आग्रह गर्दछु । गहना प्रदर्शन गर्नु राम्रो हैन् । यस्तो कार्यले अपराधीले यो समयमा योजना बनाएर तपाइँहरुलाई पछ्याइरहेका हुन्छन् । त्यसैले तपाई हामी सजक बन्नै पर्छ । आउदै गरेको दशैं, तिहार र छठ पर्व लक्षित हामीले विशेष सुरक्षा रणनीति तयार गरेका छौं । पर्वमा हुने जुवातास, चोरी, डकैती, हत्या जस्ता घटना हुन नदिन हामीले सुक्ष्म अध्ययन गरेर सुरक्षालाई प्रभावकारी बनाइ सकेका छौं ।

भदौ १ गतेदेखी नयाँ मुलुकी संहिता लागु भएको छ । कार्यान्वयनमा कस्ता चुनौतीहरु देखिएका छन् ?
नयाँ मुलुकी संहिता जारी भएपछि मैले शुरुमै सरोकारवाला निकायसंग समन्वय गरेको छु । फेरी कानुन पनि त आएको भर्खर २७ दिन त भयो । अहिले नै मुलुकी संहिता बारे अप्ठेरो छ भन्न मिल्दैन् । यो कार्यान्वयकै क्रममा आउने जटिलासंग भर पर्छ । अहिलेसम्म खास चुनौती देखिएको छैन् । कार्यान्वय गर्दै जाने क्रममा आउने कठिनाइ बारे कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कार्यान्वयन निकायसंग समन्वय जारी रहन्छ ।

सुर्खेत जिल्लामा रहेका कतिपय प्रहरी चौकीहरु नै असुरक्षित छन् । उनीहरु बस्ने ठाउँहरुमा अप्रयाप्त भवनहरु छन भने भएका संरचनाहरु पनि जिर्ण छन् तिनको पुनर्निमाणमा तपाईँको पहल के रहन्छ ?
तपाईँले उठाएको विषय सत्य हो । जब प्रहरी नै असुरक्षित छ भने अरुको सुरक्षा कसरी गरिरहेको होला भन्ने एउटा आँकलन यहाँबाट पनि गर्न सकिन्छ । त्यसैले सुर्खेतमा ईलाका प्रहरी, प्रहरी चौकी, प्रहरी पोष्ट गरी ३० ओटा छन् । यी मध्य कतिपय चौकीहरु जिर्ण अवस्थामा छन् ।

एउटा घरले सुन्दर समाज निर्माण गर्ने सोच राख्यो भने घर घरका व्यक्तिहरु मिलेर सुरक्षित समाज निर्माण गर्न सहज हुन्छ । समाजमा सामान्य बदमासी गर्नेले भोली त्यहीँ समाजमा ठूलो घटना निम्त्याउन सक्छ त्यसैले बदमासीलाई कहिल्यै सम्मान नगरौं । अपराध रोक्नमा जहिले पनि समाज चनाखो हुन आवश्यक छ ।

कतिपय प्रहरी चौकीहरु स्थानीय तहले नै निर्माण गर्दिनु भएको छ । प्रहरी चौकीहरुलाई व्यवस्थित बनाए त्यहाँका सुरक्षा व्यवस्था पनि प्रभावकारी हुनेछ भन्ने सन्देश स्थानीय तहका जनप्रतिनीधिहरुले गर्नुहुनेछ र उहाँले पनि प्रहरीलाई सुरक्षित आवासको व्यवस्थापन गर्दिनुहुनेछ भन्नेमा विश्वस्त छु । योसंगै मैले पनि स्थानीय तह, प्रदेश सरकार र प्रहरी प्रधान कार्यालयसंग आवश्यकता अनुसार संरचना तयार गर्नुपर्छ भनेर लिखित अथावा पहली प्रयासमा रहिरहनेछु ।

अन्त्यमा मैले सोध्न छुटाएको र तपाईँले भन्नु चाहेको केही छ ?
हेर्नुहोस्, आफ्नो घर बनाउन आफै प्रयास गर्नुपर्छ । आफ्ना सन्तानहरु के गरिरहेका छन् कस्तो काममा लागेका छन् र उनीहरुको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ भन्ने हेक्का अभिभावकले राख्न जरुरी छ । समस्या हुन्छन्, त्यसको दिर्घकालिन समाधानका लागि प्रहरी हरेक नागरिकसंगै हातेमालो गरेर अघि बढ्न तयार छ ।

एउटा घरले सुन्दर समाज निर्माण गर्ने सोच राख्यो भने घर घरका व्यक्तिहरु मिलेर सुरक्षित समाज निर्माण गर्न सहज हुन्छ । समाजमा सामान्य बदमासी गर्नेले भोली त्यहीँ समाजमा ठूलो घटना निम्त्याउन सक्छ त्यसैले बदमासीलाई कहिल्यै सम्मान नगरौं । अपराध रोक्नमा जहिले पनि समाज चनाखो हुन आवश्यक छ । जब समाज चनाखो बन्छ नि तब त्यहाँ अपराधिक घटनाहरु हुन पाउँदैन् । त्यसैले तपाइँका गाउँ, ठाउँ, टोलमा हुने हरेक घटनाबारे प्रहरीलाई जानकारी दिनमा कञ्जुसाई नगर्नुहोस् ।