☰ open Loading... 20 April 2024|  

शिव मन्दिर निर्माणका लागि १ करोड २५ लाख दान रकम संकलन
  | २७ भाद्र २०७५, बुधबार १३:३१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटिकोइलीमा सम्पन्न भएकाे शिवमहापुराण, श्रावण मेलाकाे अाय व्यय सार्वजनिक गरिएकाे छ ।

ऐतिहासिक एवं प्राचिन शिव मन्दिर मन्दिर निर्माण गर्ने उदेश्यले गत साउनमा संचालन भएको “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५”को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको हाे ।

महामहोत्सवमा १ करोड २४ लाख ६० हजार ५ सय ६९ रुपैया दान संकलन भएको महामहोत्सव मुल आयोजक समितिले जनाएकाे छ । महामहोत्सवमा टेण्टपण्डाल, यज्ञ, कलाकार र भण्डारा खर्च वापत गुरु श्री गोविन्द शरण महाराज संग सम्झौता भए अनुसार रु १८ लाख महाराजलाई भुक्तानी गरिएको महामहोत्सव मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताउँए ।

उनले चाँडै नै शिव मन्दिरलाई स्मार्ट मन्दिर बनाउनका कार्यकाे थालनी गर्ने मुल आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।