☰ open Loading... 16 April 2024|  

कर्णाली प्रदेश यातायातकाे अध्यक्षमा खड्का
  | २८ भाद्र २०७५, बिहीबार १४:५७

सुर्खेत । कर्णाली प्रदेश यातायात प्रा.लि. को अध्यक्षमा कमल खड्का ‘जुनी’ चयन भएका छन् । प्रा.लि.हरुको बिहिबार बसेको संयन्त्र बैठकले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।


प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा कार्लमाक्स श्रेष्ठ, उपाध्यक्षमा पदम बम, महासचिवमा जीवनकुमार शर्मा, कोषाध्यक्षमा दावा गुरुङ्ग तथा सचिवमा विकास नेपाली छन् ।

यस्तै सदस्यहरुमा रमेश खड्का, लोकबहादुर गुरुङ्ग, टिआर शाही ‘टिकाराम’, सोनाम लामा र निर्मल विष्ट छन् । प्रा.लि.को कानुनी सल्लाहकारमा नन्द भण्डारी छन् भने सल्लाहकारमा बरिष्ठ सल्लाहकारमा शुदर्शन श्रेष्ठ, सल्लाहकारमा टेकबहादुर गुरुङ्ग, महेन्द्रप्रसाद चपाइँ र उपेन्द्र शाही छन् ।


पदाधिकारीहरुको बैठकले प्रदेशका सम्पूर्ण प्रा.लि.हरु एक ढिक्का भइ संगठन तयार गर्ने र कार्यसमिति तय गर्ने निर्णय समिति गरिएको कर्णाली प्रदेश यातायात प्रा.लि. को अध्यक्षमा कमल खड्का ‘जुनी’ले जानकारी दिए । उनले बुधबार बसपार्क भित्रको घटनालाई सहज बनाउने र दुर्घटनामा एक अर्काप्रति सक्दो सहयोग गर्ने निर्णग समेत गरिएको उल्लेख गरे ।