☰ open Loading... 19 April 2024|  

जगदम्बा केश कन्ष्ट्रक्सनकाे शाखा सुर्खेतमा विस्तार
  | २९ भाद्र २०७५, शुक्रबार ०८:५९

सुर्खेत । सुर्खेतमा ‘केश’ व्राण्ड भित्रियो शेरबहादुर थापा सुर्खेत, २८ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर घोषणा भएसँगै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयह, वित्तीय संसथाहरुको शाखा कार्यालय खुल्ने क्रम बढेको छ ।

विहीबार जगदम्बा केश कन्ष्ट्रक्सनले पनि शाखा विस्तार गरेको छ । शंकर ग्रुपको लगानी रहेको उक्त डिलर आज देखि सञ्चालनमा आएको छ । जगदम्बा केशका जनरल म्यानेजर कुलदिप घिमिरेले केश व्राण्डका कन्स्ट्रक्सन कार्यमा प्रयोग हुने हेभी इक्युप्मेन्टहरुको कारोवार गर्ने गरि कार्यालय सञ्चालनमा आएको बताए ।

‘हामीले डोजर, लोडर, स्काभेटर, रोलरजस्ता निर्माण इक्युपमेन्ट यहाँबाटै विक्री वितरण गर्ने गरि शाखा विस्तार गरेका हौं’ उनले भने, ‘यो शाखाबाट हामीले ग्राहकहरुका लागि सेल्स, सर्भिस सेवामा निरन्तरता दिनेछौं ।’ उनले केश व्राण्डले ग्राहकहरुको मन जितेको बताउँदै कर्णालीलाई बनाउन यी साधनहरुले भूमिका खेल्ने बताए ।

हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष मदन खडकाले आफूहरु केस व्राण्डसँग सहकार्य गर्दै निर्माण कार्यमा सहभागि हुने बताए । ‘हामीहरुबाट यहाँहरुलाई आवश्यक पर्ने सहयोग गर्न कुनै कञ्जुस्याई हुदैन ।’ उनले भने, ‘तर सेवा र सर्भिस दिन ढिलाई नगर्नुहोला ।