☰ open Loading... 19 April 2024|  

अार्थिक अभावले हाते कागज उद्योग बन्द
  | २९ भाद्र २०७५, शुक्रबार १०:३५

ओखरेनी (दैलेख) । आर्थिक अभावका कारण दैलेख गुराँस गाउँपालिका ७ ओखरेनीमा रहेको हाते कागज उद्योग बन्द भएको छ । यसको प्रमुख कच्चा पदार्थको रुपमा रहेको लोक्ता प्रसस्त हुदाहुदै आर्थिक अभावमा कागज उद्योग बन्द भएको हो ।

गाउँपालिका वडा नमबर ७ मा रहेको प्रेम नेपाली हाते कागज उद्योगका सञ्चालक प्रेम बहादुर रामजालीले आर्थिक अभावका कारण केही बर्षदेखि उद्योग बन्द गर्नुपरेको बताए ।

२०४९ सालमा दर्ता भइसकेको यो उद्योग बिचमा नेपालमा चर्किको द्वन्दका कारण संचालन गर्न नसकिएको भन्दै रामजालीले अहिले पुन शुरुवात गर्ने सोच बनाएको तर आर्थिक अभावका कारण उद्योग संचालन गर्न नसकिएको बताए ।

उनले लोनमा रकम पाइने आशामा धेरै ठाउँ धाइएको भन्दै जग्गाको लालपूर्जा देखाउदा समेत लोनको व्यवस्था नभएको भन्दै रकम जुटाईदिन आग्रह समेत गरेका छन् ।
उनले भने, ‘मैले कागज उद्योग पुनःसंचालनको लागि लोन लिन बैंकमा, कृषि कार्यालयमा गए, तर मलाई लोन दिइएन ।’ उनले थपे ‘अहिले पनि उद्योग बन्द छ तर मैले दर्ता नविकरण गरिरहेको छु, र कर पनि तिरिरहेको छु ।’

उनले व्यवसाय संचालन गर्छु भन्ने व्यक्तीलाई प्रोत्साहन नदिने सकार र विभिन्न गैर सरकारी संस्थाहरुदेखि वाक्क लागेर भन्दै आफुलाई अहिले कागज उद्योग संचालन गर्न २० लाख रकम आवश्यक रहेको बताए ।

यो कागज उद्योग संचालनका बेला १६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । तर अहिले बन्द भएपछि ति आफुहरु वेरोजगार बस्नुपरेको उद्योगमा संग्लग्नहरुले बताएका छन् ।

त्यतीबेला रोजगारीमा लागेका रत्न बहादुर घर्तीले कागज उद्योग संचालन भइरहदा कमाई गर्न सजिलो भएको भन्दै अहिले बन्द हुदा समस्या भएको बताए ।

उनले कागज उद्योग संचालन भए धरै नाफा हुने भन्दै यसको संचालनको लागि आवश्यक पहल हुनुपर्नेमा जोड दिए ।

यो कागज उद्योग गुराँस गाउँपालिकाकै पहिलो उद्योग हो । तर यसको संचालनको लागि गाउँपालिकाले केहि पहल गर्नुपर्ने स्थानीय जानकारहरुको भनाई छ ।

यो उद्योग संचालनको लागि चाहिने कच्चा पदार्थ लोक्ताको बिरुवा हो, यो वडा नम्बर ७ को जंगलमा प्रसस्त पाइने गर्दछ ।